Monday, May 4, 2026
spot_img
spot_img

४ महिनामा १५ वटा वाणिज्य बैंकको नाफा घट्यो, कृषि विकास बैंकको नाफा सर्वाधिक वृद्धि

spot_img
spot_img

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले १९ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८२ कार्तिकसम्मको अवधिमा कुल १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा १३.११ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड खुद नाफा कमाएका थिए।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ५१ करोड खुद नाफा कमाएको छ। त्यस्तै नबिल बैंकले २ अर्ब ४६ करोड खुद नाफा कमाएको छ। यस अवधिमा सिटिजन्स बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् १ करोड ६४ लाख रहेको छ। त्यस्तै कृषि विकास बैंकले ७ करोड ४९ लाख खुद नाफा कमाएको छ  ।

२०८१ कार्तिकसम्मको र २०८२ कार्तिकसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा १५ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये सिटिजन्स बैंकको खुद नाफा सर्वाधिक ९६.२५ प्रतिशत घटेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ६५.३५ प्रतिशत घटेको छ। त्यस्तै लक्ष्मी सनराइज बैंकको खुद नाफा ४१.२६ प्रतिशत घटेको छ ।

२०८१ कार्तिकसम्मको र २०८२ कार्तिकसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कृषि विकास बैंकको खुद नाफा सर्वाधिक १३२.९० प्रतिशत बढेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १०५.२३ प्रतिशत तथा सानिमा बैंकको खुद नाफा १९.६५ प्रतिशत बढेको छ ।

हेर्नुस् आर्थिक वर्ष २०८१/८२  र  २०८२/८३  को पहिलो ४ महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ। 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...
spot_img