Saturday, August 8, 2026
spot_img

आईपीओको तयारीमा रहेको हुलास फिनसर्भ हायर पर्चेजको नाफा ८१ प्रतिशतले बढ्यो

spot_img

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साविकको हुलास फिनसर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८१.०३ प्रतिशतले बढेर ५ करोड ८४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड २२ लाख थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ४९ लाखबाट बढेर ९ करोड २२ लाख पुगेको छ। यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज शिर्षकमा छुट्याएको रकम २ करोड ६४ लाखबाट बढेर ५ करोड २८ लाख पुगेको छ। यस अवधिमा कम्पनीको ऋण प्रवाह १३८.६७ प्रतिशतले बढेर १० अर्ब १० करोड पुगेको छ। कम्पनीको खराब कर्जा ४.५८ प्रतिशतबाट घटेर ३.४६ प्रतिशत कायम भएको छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी २८.१७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १८६.४७ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी ८३ करोड, संचिति आम्दानी ५० करोड १८ लाख र रिजर्भमा २१ करोड ५८ लाख रहेको छ।

यस कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले आईपीओ निष्काशनको गर्नको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

यो कम्पनी गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धि कार्य गर्ने स्वीकृति पाएको छ । कम्पनीले सवारीसाधन, इलेक्ट्रोनिक्स सामग्री, फर्निचर, ल्यापटप लगायतमा फाइनान्स सुविधा प्रदान गर्दै आएको छ । कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् भने अन्य संचालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img