Saturday, August 8, 2026
spot_img

प्रभु इन्स्योरेन्सले ३ महिनामा कमायो ६ करोड ३१ लाख खुदनाफा, ईपीएस १४.८५ रुपैयाँ

spot_img

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १२.७१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६० लाख खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन ११ करोड ९४ लाखबाट बढेर १२ करोड ७ लाख पुगेको छ। कम्पनीको कुल आम्दानी २३ करोड २४ लाखबाट बढेर २४ करोड ३३ लाख पुगेको छ। कम्पनीको कुल खर्च १५ करोड २३ लाखबाट बढेर १५ करोड ३१ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.८५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २०२.२७ रुपैयाँ रहेको छ। १ अर्ब ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निंग २४ करोड ९२ लाख रुपैयाँ रहेको छ। कम्पनीको  महाविपत्ति कोष १० करोड ३४ लाख रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img