Saturday, August 8, 2026
spot_img

हालै आईपीओ निकालेको सागर डिस्टिलरी लिमिटेड घाटामा, ईपीएस नेगेटिभ

spot_img

सागर डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनी १ करोड ५३ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख घाटामा थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २ करोड ५३ लाखबाट बढेर ५ करोड ९९ लाख पुगेको छ । कम्पनीको ब्याज खर्च ५३ लाख ११ हजारबाट बढेर ६९ लाख ५० हजार पुगेको छ ।

७२ करोड ६० लाख चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा २१ करोड ८६ लाख रुपैयाँ रहेको छ। यस अवधि कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ४४ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ।

कम्पनीले हालै मात्र आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । आईपीओ निष्काशनपछि सर्वजनिक पहिलो रिपोर्टमा नै कम्पनी घाटामा देखिएको हो। कम्पनीले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा बुझाएको विवरणमा भने कम्पनी नाफामा थियो।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img