पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ७१.२ प्रतिशतले बढेर ९० लाख ५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ लाख २५ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६ करोड ६२ लाखबाट घटेर ६ करोड ५५ लाख कायम भएको छ । कम्पनीको कुल खर्च ६ करोड ८ लाखबाट घटेर ५ करोड ६२ लाख कायम भएको छ । खर्च घटाएको कारण विद्युत बिक्रीको आम्दानी घट्दा पनि कम्पनीको नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ४.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०१.६१ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।












