Saturday, August 8, 2026
spot_img

८११ प्रतिशतले बढ्यो राधी विद्युत कम्पनीको खुदनाफा, ईपीएस ६०.५८ रुपैयाँ

spot_img

राधी विद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ८११ प्रतिशतले बढेर २७ करोड ८५ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३ करोड ८८ लाखबाट बढेर ४ करोड ६ लाख पुगेको छ । यस अवधिमा कम्पनीले ३५ करोड ७० लाख अन्य आम्दानी गरेको छ। जुन कम्पनीले शेयर बिक्रीबाट गरेको आम्दानी भएको देखिन्छ । अन्य आम्दानी उलेख्य बढ्दा कम्पनीको खुद नाफा बढेको हो।   यस अवधिमा कम्पनीको ब्याज खर्च ३१ लाख १७ हजारबाट बढेर ७६ लाख ६६ हजार पुगेको छ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ६०.५८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८०.८४ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img