संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित विवरण अनुसार यस अवधिमा २० वटा वाणिज्य बैंक मध्ये १५ वटा बैंकको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक , एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको मात्र खुद नाफा बढेको छ। जस मध्ये राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सर्वाधिक २९५.७२ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई बैंकको खुद नाफा २२.९२ प्रतिशत बढेको छ। त्यस्तै सानिमा बैंकको खुद नाफा १३.८६ प्रतिशत, एनआईसी एशिया बैंकको खुद नाफा १०.५३ तथा एभरेष्ट बैंकको खुद नाफा ४.५७ प्रतिशतले बढेको छ।
यस अवधिमा सिटिजन्स बैंकको खुद नाफा सर्वाधिक २११.२० प्रतिशतले घटेको छ, नाफा घटेसंगै बैंक २२ करोड रुपैयाँ घाटामा गएको छ। त्यस्तै कृषि विकास बैंकको खुद नाफा ९६.९९ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ९६.९२ प्रतिशतले घटेको छ। त्यस्तै प्रभु बैंकको खुद नाफा ४६.३३ प्रतिशतले घटेको छ।
समग्रमा वाणिज्य बैंकहरुको खुद नाफा १८.७८ प्रतिशत घटेको छ।
हेर्नुस कुनको नाफा कति घट्यो/बढ्यो ?










