ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २२.९२ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड ८६ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ५१ करोड २१ लाख थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि ५.३६ प्रतिशतले बढेर ५ अर्ब ५१ करोड कायम भएको छ। बैंकको संचालन नाफा १०.४४ प्रतिशतले बढेर २ अर्ब ३७ करोड पुगेको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १ अर्ब १ करोड छुट्याएको छ। खुद ब्याज आम्दानी र संचालन नाफा बढेसंगै बैंकको नाफा बढेको देखिन्छ।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड पुगेको छ । बैंकको वितरणयोग्य प्रति शेयर नाफा २२.९५ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा कायम छ भने प्रति शेयर नेटवर्थ १७९.५० रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा भने ४.६७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ।
बैंकको चुक्ता पुंजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने रिजर्भमा ३० अर्ब ३० करोड रुपैयाँ रहेको छ।









