Monday, June 22, 2026
spot_img

नबिल बैंकको वितरणयोग्य मुनाफा बढ्यो, यस्तो छ वित्तीय अवस्था

spot_img
spot_img

नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १४.५७ प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीले १ अर्ब ७५ करोड ६९ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ अर्ब ५ करोड ६५ लाख थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी पनि १.०३ प्रतिशतले घटेर ५ अर्ब २७ करोड कायम भएको छ। बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत ६४ करोड ७२ लाख छुट्याएको छ। खुद ब्याज आम्दानी घटेको तथा इम्पेयरमेन्ट चार्ज बढेको कारण बैंकको नाफा घटेको देखिन्छ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १३.१४ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड पुगेको छ ।  बैंकको वितरणयोग्य प्रति शेयर नाफा ३०.१५ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २५  रुपैयाँ ४९ पैसा कायम छ भने  प्रति शेयर नेटवर्थ २४०.७२ रुपैयाँ कायम भएको छ । कम्पनीको खराब कर्जा भने ४.२४ प्रतिशतबाट बढेर ४.३१ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुंजी २७ अर्ब ५ करोड ६९ लाख रहेको छ भने रिजर्भमा ३८ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img