Saturday, August 8, 2026
spot_img

१२२ प्रतिशतले बढ्यो बाराही हाइड्रोको खुदनाफा

spot_img

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १२२.०२ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ लाख ६९ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६.३८ प्रतिशतले बढेर १ करोड ४६ लाख ३७ हजार पुगेको छ।कम्पनीको संचालन मुनाफा १७.५८ प्रतिशतले बढेर ८९ लाख २८ हजार पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ४९ लाख २४ हजारबाट घटेर ३० लाखमा सिमित भएको छ। विद्युत उत्पादन बढेर तथा विद्युत बिक्रीको दर बढेको कारण, विद्युत बिक्रीको आम्दानी बढेर तथा ब्याज खर्च घटेको कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २.३७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ५२.७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले बाग्लुंगमा १.५ मेगावाटको ठेउलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७५ जेठ ३० गतेबाट विद्युत उत्पादन गरिरहेको छ  ।नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा हुने अत्याधिक विच्छेदन (Tripping / Outage) को कारणले आम्दानीमा प्रत्यक्ष असर परिरहेको कम्पनीले उल्लेख गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा हुने अत्याधिक विच्छेदन (Tripping/Outage) को कारणले संस्थालाई आ.व. २०८१/०८२ सम्ममा जम्मा ३७,५३,२२०.१९ यूनिट, आ.व. २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा जम्मा ३,९१,७२० यूनिट बराबरको आम्दानीमा असर परेको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img