Sunday, November 9, 2025
spot_img

१२२ प्रतिशतले बढ्यो बाराही हाइड्रोको खुदनाफा

spot_img

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १२२.०२ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ लाख ६९ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६.३८ प्रतिशतले बढेर १ करोड ४६ लाख ३७ हजार पुगेको छ।कम्पनीको संचालन मुनाफा १७.५८ प्रतिशतले बढेर ८९ लाख २८ हजार पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ४९ लाख २४ हजारबाट घटेर ३० लाखमा सिमित भएको छ। विद्युत उत्पादन बढेर तथा विद्युत बिक्रीको दर बढेको कारण, विद्युत बिक्रीको आम्दानी बढेर तथा ब्याज खर्च घटेको कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २.३७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ५२.७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले बाग्लुंगमा १.५ मेगावाटको ठेउलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७५ जेठ ३० गतेबाट विद्युत उत्पादन गरिरहेको छ  ।नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा हुने अत्याधिक विच्छेदन (Tripping / Outage) को कारणले आम्दानीमा प्रत्यक्ष असर परिरहेको कम्पनीले उल्लेख गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा हुने अत्याधिक विच्छेदन (Tripping/Outage) को कारणले संस्थालाई आ.व. २०८१/०८२ सम्ममा जम्मा ३७,५३,२२०.१९ यूनिट, आ.व. २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा जम्मा ३,९१,७२० यूनिट बराबरको आम्दानीमा असर परेको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img