Sunday, November 9, 2025
spot_img

२४२ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुदनाफा, खराब कर्जा घट्यो

spot_img

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा २४२.६१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७३ लाख ६१ हजार मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७७.२८ प्रतिशतले बढेर ७ करोड २९ लाख पुगेको छ। कम्पनीको संचालन आम्दानी ८२.०९ प्रतिशतले बढेर ८ करोड ६० लाख पुगेको छ । यस अवधिमा कम्पनीले सभावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १ करोड ६० लाख रुपैयाँ छुट्याएको छ। कम्पनीको संचालन नाफा २४२.५८ प्रतिशतले बढेर ३ करोड ६० लाख पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा बढेर १७ करोड ७९ लाख पुगेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८.२९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४३.२८ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १.८० प्रतिशतबाट घटेर ०.५५ प्रतिशत कायम भएको छ।

१ अर्ब २१ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३४ करोड ८७ लाख रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img