Sunday, November 9, 2025
spot_img

तेह्रथुम पावरको नाफामा वृद्धि

spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । कम्पनीद्वारा प्रकाशित असोज मसान्त सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशत घटेर ८ करोड २३ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कुल नाफा ०.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५४.५८ प्रतिशत घटेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ १२ पैसा कायम भएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.९९ गुणा रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img