Sunday, August 9, 2026
spot_img

तेह्रथुम पावरको नाफामा वृद्धि

spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । कम्पनीद्वारा प्रकाशित असोज मसान्त सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशत घटेर ८ करोड २३ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कुल नाफा ०.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५४.५८ प्रतिशत घटेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ १२ पैसा कायम भएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.९९ गुणा रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img