कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा सुधार गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यस अवधिको तुलनामा बैंकले नाफामा सुधार गरेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत र सञ्चालन मुनाफा १०.८६ प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३५.५६ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ ।
असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।
३ अर्ब ८६ करोड १९ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ । बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।












