एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४ अर्ब १९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ३२.८० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ अर्ब ७० करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड पुगेको छ। कम्पनीको संचालन नाफा भने ३१.६२ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा बढेर ४ अर्ब ९५ करोड ४४ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ३८.२७ रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता ३८.२७ प्रतिशत रहेको देखाउछ । यद्यपि बैंकले दिने लाभांश भने विभिन्न नियमकीय व्यवस्था र निर्दशनमा भर पर्छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ३ अर्ब ३० करोड थियो ।
कम्पनीको चुक्ता पुंजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १३ अर्ब ९९ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ खर्ब ९८ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३७.९९ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ०.३८ प्रतिशत रहेको छ।












