सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले १४ करोड ९९ लाख ९८ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ६ करोड ९२ लाख खुद घाटामा थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७२७ प्रतिशतले बढेर ६८ करोड ७१ लाख ९८ हजार पुगेको छ। कम्पनीको संचालन आम्दानी ७६० प्रतिशतले बढेर ६७ करोड ५ लाख पुगेको छ। कम्पनीको अन्य आम्दानी पनि ९२० प्रतिशतले बढेर ६६ लाख ८४ हजार पुगेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.१७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १०९.५३ रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ भने रिटेन अर्निंग २७ करोड ६३ लाख रहेको छ। कम्पनीको दिर्घकालिन ऋण भने ३ अर्ब १८ करोड रहेको छ।
यस कम्पनीले दोलखाको सिंगटी खोलाको पानी उपयोग गरी २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सफलता पुर्वक निर्माण सम्पन्न गरी २०७८ साल श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरि राष्ट्रिय ग्रीडमा बिक्री गरीरहेको छ । कम्पनी अर्बिट इनर्जीमा लगानी गरेको । अर्बिट इनर्जीले संखुवासभामा ४.१९६ मेगावाटको सभा खोला सी र १५.१ मेगावाटको सभा खोला बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सिंगटीले ह्याबीट्याट पावरमा पनि लगानी गरेको छ जसले ५ मेगावाट क्षमताको हेवा ए साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सिंगटी हाइड्रोका प्रबन्ध संचालक सुदिप खड्का हुन् ।












