Tuesday, June 23, 2026
spot_img

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको नोक्सानी घट्यो

spot_img
spot_img

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा कुल ४ करोड १६ लाख रुपैयाँ नोक्सानीमा रहेको मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ७ लाख नोक्सानीमा रहेको छ ।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण नोक्सानी पनि घटेको हो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.११ प्रतिशत र कुल नाफा ७.२९ प्रतिशतले बढेको छ । अन्य आम्दानी ८३३.७५ प्रतिशतले बढेको छ भने वित्तीय खर्च २६.८२ प्रतिशतले घटेको छ ।

असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा रहेको छ ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...
spot_img