Tuesday, June 23, 2026
spot_img

९४ प्रतिशतले बढ्यो स्वस्तिक लघुवित्तको खुद नाफा, ईपीएस २८.७८ रुपैयाँ

spot_img
spot_img

स्वस्तिक लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ९४.०४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ लाख ४० हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५१.०७ प्रतिशतले बढेर ४ करोड ६ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी  पनि ३३.३६ प्रतिशतले बढेर ४ करोड ९२ लाख पुगेको छ। कम्पनीको संचालन नाफा १७७.१८ प्रतिशतले बढेर १ करोड ४२ लाख पुगेको छ ।

कम्पनीको वितरणयोय मुनाफा १ करोड २ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम २९.६० रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता २९.६० प्रतिशत रहेको देखाउछ ।

कम्पनीको चुक्ता पुंजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको छ।  समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.८३ रुपैयाँबाट बढेर २८.७८ रुपैयाँ पुगेको छ। कम्पनीको  खराब कर्जा ६.६८ प्रतिशत रहेको छ।

कम्पनीले छिट्टै सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड पनि गरिसकेको छ।  अब कम्पनीले आम सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...
spot_img