Sunday, November 9, 2025
spot_img

निफ्राको रिपोर्ट सार्वजनिक: खुद नाफा भन्दा वितरणयोग्य नाफा धेरै

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा १३.८६ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ३२ करोड थियो। यस अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ७८ करोडबाट घटेर २ अर्ब ४६ करोड कायम भएको छ। बैंकको कुल संचालन आम्दानी २ अर्ब ५६ करोडबाट घटेर १ अर्ब ९२ करोड कायम भएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ७६.०८ प्रतिशतले बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ रहेको छ। यस हिसाबमा बैंकको खुद नाफा भन्दा वितरणयोग्य नाफा बढी देखिन्छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५.३० रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ। २१ अर्ब ६० करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

 नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि...

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...
spot_img
spot_img
spot_img