Monday, August 3, 2026
spot_img

निफ्राको रिपोर्ट सार्वजनिक: खुद नाफा भन्दा वितरणयोग्य नाफा धेरै

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा १३.८६ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ३२ करोड थियो। यस अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ७८ करोडबाट घटेर २ अर्ब ४६ करोड कायम भएको छ। बैंकको कुल संचालन आम्दानी २ अर्ब ५६ करोडबाट घटेर १ अर्ब ९२ करोड कायम भएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ७६.०८ प्रतिशतले बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ रहेको छ। यस हिसाबमा बैंकको खुद नाफा भन्दा वितरणयोग्य नाफा बढी देखिन्छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५.३० रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ। २१ अर्ब ६० करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...
spot_img