Tuesday, June 23, 2026
spot_img

२८७ प्रतिशतले बढ्यो सिन्धु विकास बैंकको नाफा: EPS २१.१५ हुँदा नेटवर्थ ८६.७ रुपैयाँ

spot_img
spot_img

सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २८७.६० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख कायम भएको छ। कम्पनीको संचालन आम्दानी  पनि ३०.४९ प्रतिशतले घटेर १५ करोड ६ लाख कायम भएको छ। तर कम्पनीको संचालन नाफा भने  ४१७.३९ प्रतिशतले बढेर १५ करोड ३५ लाख पुगेको छ ।

कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज रिभर्स भएको कारण खुद ब्याज र संचालन आम्दानी घट्दा पनि खुद नाफा भने बढेको देखिन्छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको १७ करोड ९० लाख रुपैयाँ रिभर्स भएको देखिन्छ । नाफा बढेपनि कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

५५ करोड ७४ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १३ करोड ३४ लाख रहेको छ। यस अवधि कम्पनीले ५ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५.४६ रुपैयाँबाट बढेर २१.१५ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ ८६.७ रुपैयाँ रहेको छ। कम्पनीको  खराब कर्जा ६.०३ प्रतिशत रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...
spot_img