Tuesday, June 23, 2026
spot_img

११ महिनामा ९ वटा वाणिज्य बैंकको मात्र नाफा बढ्यो, नेपाल बैंकको नाफा सर्वाधिक वृद्धि

spot_img
spot_img

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५३ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८२ जेठसम्मको अवधिमा कुल ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा ४.९७ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड खुद नाफा कमाएका थिए।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ४० करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ६ अर्ब ३ करोड, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा कुमारी बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३७ करोड १० लाख रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख खुद नाफा कमाउँदा हिमालयन बैंकले ९० करोड ५३ लाख खुद नाफा कमाएका छन् । अन्य बैंकको खुद नाफा भने अर्ब माथि रहेको छ ।

२०८१ जेठसम्मको र २०८२ जेठसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा ११ वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये कुमारी बैंकको खुद नाफा ७७.८४ प्रतिशत घटेको छ भने हिमालयन बैंकको  खुद नाफा ६७.२७ प्रतिशत घटेको छ। त्यस्तै एनआईसी एशिया बैंकको खुद नाफा ६२.८८ प्रतिशत घटेको छ ।

२०८१ जेठ सम्मको र २०८२ जेठसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा नेपाल बैंकको खुद नाफा सर्वाधिक १८५.२७ प्रतिशत बढेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २९.८३ प्रतिशत तथा एभरेष्ट बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ ।

हेर्नुस् आर्थिक वर्ष २०८०/८१  र  २०८१/८२ को पहिलो ११ महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ। 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...
spot_img