Wednesday, May 6, 2026
spot_img
spot_img

१० महिनाको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा घट्यो, नेपाल बैंकको सर्वाधिक बढ्यो (सूची)

spot_img
spot_img

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८२ वैशाखसम्मको अवधिमा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ६० करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड, तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ४७ करोड ८७ लाख रहेको छ। त्यस्तै कुमारी बैंकले ४८ करोड १९ लाख खुद नाफा कमाउँदा हिमालयन बैंकले ६८ करोड ३४ लाख खुद नाफा कमाएका छन् । अन्य बैंकको खुद नाफा भने अर्ब माथि रहेको छ ।

२०८१ वैशाखसम्मको र २०८२ वैशाखसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा १० वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा ७७.८७ प्रतिशत घटेको छ भने हिमालयन बैंकको  खुद नाफा ६९.३४ प्रतिशत घटेको छ। त्यस्तै कुमाई बैंकको खुद नाफा ६६.२८ प्रतिशत घटेको छ भने कृषि विकास बैंकको खुद नाफा ३५.७३ प्रतिशत घटेको छ।

२०८१ वैशाखसम्मको र २०८२ वैशाखसम्मको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा नेपाल बैंकको खुद नाफा सर्वाधिक ४५७.१२ प्रतिशत बढेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३३.१४ प्रतिशत तथा एभ्रेह्स्त बैंकको खुद नाफा ३०.९७ प्रतिशत बढेको छ ।

हेर्नुस् चालु आर्थिक वर्ष २०८०/८१  र  २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ। 

यो पनि : वैशाखसम्म वाणिज्य बैंकले कमाए ४७ अर्ब बढी खुद नाफा, कुनको कति ? (सूचीसहित)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनएमबि लघुवित्तको  सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्त वित्तिय संस्थाको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल...

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी...

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...
spot_img