अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १९६.१४ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले १२ करोड २८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड १४ लाख मात्र थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५५ करोड४० लाखबाट बढेर ५८ करोड ५६ लाख पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च २८ करोड ६२ लाखबाट घटेर २२ करोड ७ लाख मात्र कायम भएको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ १० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा रहेको छ।
यस कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ फागुनदेखि विद्युत उत्पादन गरिरहेको छ ।