साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ७४.४५ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले ८३ करोड ४१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४७ करोड ८१ लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २ अर्ब २ करोडबाट बढेर २ अर्ब १४ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीको ब्याज खर्च ९१ करोड ६८ लाखबाट घटेर ६२ करोड ९८ मात्र कायम भएको छ। ३ अर्ब ७८ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब १० करोड रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८२ रुपैयाँ १८ पैसा रहेको छ।












