थप ५ कम्पनीले पाए पीईभीसीको लाइसेन्स, ३२ वटा अझै पाईपलाइनमा

spot_img

नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई  प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पीईभीसी)को लाईसेन्स प्रदान गरेको छ।  धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार थप ५ कम्पनीलाई पीईभीसीको लाईसेन्स दिएको हो ।

पीईभीसीको लाइसेन्स पाउनेमा मोघा इनफ्राब्लाक्स प्राइभेट लि., म्याभरिक कौटिल्य भेन्चर, टिम पार्टनर्स फण्ड लिमिटेड
एपेक्स फन्ड्स लि., र मल्टिप्लाई क्यापिटल म्यानेजमेन्ट लि. रहेका छन् । यी मध्ये मोघा इनफ्राब्लाक्स र म्याभरिक कौटिल्य भेन्चरले २ महिना अघि नै लाईसेन्स पाएका हुन् भने बाँकिले यहि मङ्सिर महिनामा लाईसेन्स पाएका हुन् ।

मोघाले जलविद्युत तथा सोलार जस्ता नवीकरणीय उर्जाको क्षेत्रमा मात्र लगानी गर्ने बताएको छ। यसले सिंगापुरबाट र नेपाल भित्रबाट पनि फण्ड जुटाउने योजना बनाएको छ। यस कम्पनीमा मोघा इनर्जीको मुख्य लगानी रहेको छ। मोघा इनर्जीले रामेछापमा ५१ मेगावाटको लिखु ए, ७७  मेगावाटको लिखु १ , र ५५ मेगावाको लिखु २ जलविद्युत आयोजनामा लगानी गरेको छ। तिनवटै आयोजनाबाट विद्युत उत्पादन सुरु भईसकेको छ। मोघा इनर्जीको अध्यक्ष समर्थ मोघा हुन् । उनी एमभी दुगड ग्रुपका जलविद्युत आयोजनाहरुमा नेतृत्वदायी भूमिकामा पनि थिए ।

एपेक्सको अध्यक्षमा नबिल बैंकका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना छन् ।  टिम पार्टनर्स फण्ड लिमिटेडमा टिम भेन्चर्स समूहको लगानी छ ।

थप ५ कम्पनीलाई लाईसेन्स दिएसंगै नेपालमा लाईसेन्स प्राप्त पीईभीसीको संख्या १८ पुगेको छ । अझै ३२ वटा कम्पनी पीईभीसीको लाईसेन्स माग्दै धितोपत्र बोर्डको पाईपलाइनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...