Tuesday, August 25, 2026
spot_img
spot_img

थप ५ कम्पनीले पाए पीईभीसीको लाइसेन्स, ३२ वटा अझै पाईपलाइनमा

spot_img

नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई  प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पीईभीसी)को लाईसेन्स प्रदान गरेको छ।  धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार थप ५ कम्पनीलाई पीईभीसीको लाईसेन्स दिएको हो ।

पीईभीसीको लाइसेन्स पाउनेमा मोघा इनफ्राब्लाक्स प्राइभेट लि., म्याभरिक कौटिल्य भेन्चर, टिम पार्टनर्स फण्ड लिमिटेड
एपेक्स फन्ड्स लि., र मल्टिप्लाई क्यापिटल म्यानेजमेन्ट लि. रहेका छन् । यी मध्ये मोघा इनफ्राब्लाक्स र म्याभरिक कौटिल्य भेन्चरले २ महिना अघि नै लाईसेन्स पाएका हुन् भने बाँकिले यहि मङ्सिर महिनामा लाईसेन्स पाएका हुन् ।

मोघाले जलविद्युत तथा सोलार जस्ता नवीकरणीय उर्जाको क्षेत्रमा मात्र लगानी गर्ने बताएको छ। यसले सिंगापुरबाट र नेपाल भित्रबाट पनि फण्ड जुटाउने योजना बनाएको छ। यस कम्पनीमा मोघा इनर्जीको मुख्य लगानी रहेको छ। मोघा इनर्जीले रामेछापमा ५१ मेगावाटको लिखु ए, ७७  मेगावाटको लिखु १ , र ५५ मेगावाको लिखु २ जलविद्युत आयोजनामा लगानी गरेको छ। तिनवटै आयोजनाबाट विद्युत उत्पादन सुरु भईसकेको छ। मोघा इनर्जीको अध्यक्ष समर्थ मोघा हुन् । उनी एमभी दुगड ग्रुपका जलविद्युत आयोजनाहरुमा नेतृत्वदायी भूमिकामा पनि थिए ।

एपेक्सको अध्यक्षमा नबिल बैंकका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना छन् ।  टिम पार्टनर्स फण्ड लिमिटेडमा टिम भेन्चर्स समूहको लगानी छ ।

थप ५ कम्पनीलाई लाईसेन्स दिएसंगै नेपालमा लाईसेन्स प्राप्त पीईभीसीको संख्या १८ पुगेको छ । अझै ३२ वटा कम्पनी पीईभीसीको लाईसेन्स माग्दै धितोपत्र बोर्डको पाईपलाइनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img