Tuesday, August 4, 2026
spot_img

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

spot_img

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ ।

कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको वृद्धि विकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।

यो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसंचालन प्रक्रियाहरुको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रबर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने एमआईएले विश्वास ब्यक्त गरेको छ ।

कम्पनीले उक्त लगानी मुख्यतः कम्पनीको वित्तिय अवस्थालाई थप मजबुत गर्न, तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने विज्ञप्तीमा उल्लेख छ ।

“हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौं,” मंगलम इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, “यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ ।”

अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको अन्वेषण गर्ने र नवप्रबर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको छ ।

मंगलम इन्डस्ट्रीज लिमिटेड नेपालमा स्थापित एक अग्रणी उत्पादन कम्पनी हो । कम्पनी नेपालमा ऋएख्ऋ पाइप र फिटिङ्स उत्पादन गर्ने पहिलो कम्पनी हो । साथै, प्लम्बिङ, ड्रेनेज, फोहोर पानी र वर्षा पानी व्यवस्थापन, पानी आपूर्ति, इलेक्ट्रिक कन्डुट प्रणाली तथा बोरवेल प्रयोजनका लागि पूर्ण दायरा भएको सिपिभिसी उत्पादनहरू निर्यात गर्ने कम्पनी भएकाले मंगलम नेपालका औद्योगिक क्षेत्रमा एक विश्वसनीय ब्राण्डको रूपमा स्थापित हुँदै आएको छ ।

अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड नेपालकै पहिलो स्वदेशी निजी इक्विटी फण्ड हो, जुन विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img