Saturday, February 7, 2026
spot_img

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले राख्नु पर्ने बीज पुँजी सम्बन्धि व्यवस्था हेरफेर गरेको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९(२) मा रहेको व्यवस्था बमोजिम पहिलो योजना बाहेक अन्य योजनाका हकमा पहिलो योजनाको कार्य सम्पादनको आधारमा योजना व्यवस्थापकले कायम गर्नुपर्ने बीज पूँजीको प्रतिशत दर तोकेको हो।

यससँगै अब योजना व्यवस्थापकले संचालन गर्ने योजनाहरूमा बोर्डले तोकेको निश्चित मापदण्ड पुरा गरेको अवस्थामा योजनाको आकारको १० प्रतिशत वा ५ प्रतिशत बीज पुँजी राख्न सक्ने छन्। यस अघि योजना व्यवस्थापकले सबै योजनाहरूमा १५ प्रतिशत बीज पूँजी कायम गर्दै आएका थिए।

बोर्डले खासगरी योजना संचालनको अनुभव, कार्य सम्पादन, गुणस्तर र नियम परिपालनाको स्थिति जस्ता सूचकहरूको आधारमा बीज पूँजीको प्रतिशत दर तोकेको छ। यो सुविधा उपयोग गर्ने क्रममा योजना व्यवस्थापकहरूको कार्य सम्पादन स्तरमा वृद्धि हुने, रेटिङ्गमा सुधार हुने र नियम परिपालनाको२ स्थिति समेत सुदृढ हुन गई सो को लाभ योजनाका इकाइधनीहरूलाई पुग्ने विश्वास बोर्डले लिएको छ। साथै, यसबाट पुँजी बजारमा सामूहिक लगानी कोषको आकार तथा सहभागिता समेत वृद्धि हुन गई दोस्रो बजारमा माग पक्ष समेत सदृढ हुने विश्वास बोर्डले लिएको छ।

साथै, कोषको आकार वृद्धि हुँदा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै बोर्डले योजना व्यवस्थापकलाई जोखिम व्यवस्थापन नीति लागू गर्नुपर्ने र प्रत्येक योजनाको दबाब परिक्षण (Stress Test) गरी सो को प्रतिवेदन अनिवार्य रूपमा कोष सुपरिवेक्षक र योजना व्यवस्थापकको संचालक समितिमा छलफल गरी धारणा तथा भावी योजनासहितको दबाब परिक्षण प्रतिवेदन (Stress Testing Report) बोर्डमा पेश गर्नुपर्ने निर्देशन समेत जारी गरेको छ।

यसबाट योजना संचालनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरूको पहिचान हुने र सो को व्यवस्थापनका लागि योजना व्यवस्थापकले आवश्यक रणनीति तय गरी लागू गर्ने छन्।परिणामस्वरूप प्रतिकुल अवस्थामा पनि योजनालाई रिजिलियन्ट (Resilient) बनाउन मद्दत पुग्ने, योजना प्रति लगानीकर्ताको विश्वास अभिवृद्धि हुने र प्रणालीगत स्थायित्व कायम गर्न समेत सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ।

के के छन् शर्त ?

योजना व्यवस्थापकले देहायका सम्पूर्ण शर्त पूरा गरेको अवस्थामा कम्तिमा दश प्रतिशत रकम बीज पूँजीको रुपमा लगानी गर्न सक्नेछ ।

(क) योजना व्यवस्थापकसँग कम्तिमा तीन वर्ष सामूहिक लगानी योजना संचालन अनुभव भएको।

(ख) योजना व्यवस्थापकले व्यवस्थापन गरेको योजनाहरूको कुल पूँजी एक अर्ब भन्दा बढी भएको ।

(ग) बोर्डबाट संचालन अनुमति प्राप्त गरि संचालनमा रहेका योजनाहरूको पछिल्लो तीन वर्षको प्रति इकाई मासिक खुद सम्पत्ति मूल्यको औसत सो योजनाको प्रति इकाई अंकित मूल्य भन्दा बढी भएको । यसरी मासिक खुद सम्पत्तिको गणना गर्दा कुनै योजनाको अवधि तीन वर्षभन्दा कम भएमा सो अवधिको र तीन वर्षभन्दा बढी भएमा पछिल्लो तीन वर्षको औसतलाई मात्र समावेश गर्नुपर्ने।

(घ) योजना व्यवस्थापकको रेटिङ्ग न्युनतम रेटिङ्ग भन्दा बढी भएको।

(ङ) योजना व्यवस्थापक तथा कोष सुपरिवेक्षक बोर्डबाट कुनै कारवाही वा निलम्बनमा परेको भए सो कारवाही भएको वा निलम्बन फुकुवा भएको छ महिना अवधि व्यतित भइसकेको।

योजना व्यवस्थापकले देहायका सम्पूर्ण शर्त पूरा गरेको अवस्थामा कम्तिमा पाँच प्रतिशत रकम बीज पूँजीको रुपमा लगानी गर्न सक्नेछ ।

(क) योजना व्यवस्थापकसँग कम्तिमा पाँच वर्ष सामूहिक लगानी योजना संचालन अनुभव भएको ।

(ख) योजना व्यवस्थापकले व्यवस्थापन गरेको योजनाहरूको कुल पूँजी पाँच अर्ब भन्दा बढी भएको ।

(ग) बोर्डबाट संचालन अनुमति प्राप्त गरि संचालनमा रहेका योजनाहरूको पछिल्लो तीन वर्षको प्रति इकाई मासिक खुद सम्पत्ति मूल्यको औसत सो योजनाको प्रति इकाई अंकित मूल्य भन्दा बढी भएको।यसरी मासिक खुद सम्पत्तिको गणना गर्दा कुनै योजनाको अवधि तीन वर्षभन्दा कम भएमा सो अवधिको र तीन वर्षभन्दा बढी भएमा पछिल्लो तीन वर्षको औसतलाई मात्र समावेश गर्नुपर्ने।

(घ) योजना व्यवस्थापकले औसत वा सो भन्दा बढी रेटिङ्ग प्राप्त गरेको ।

(ङ) योजना व्यवस्थापक तथा कोष सुपरिवेक्षक बोर्डबाट कुनै कारवाही वा निलम्बनमा परेको भए सो कारवाही भएको वा निलम्बन फुकुवा भएको छ महिना अवधि व्यतित भइसकेको।

रू. १० अर्ब भन्दा कम आकारका फण्डमा मात्र ५ वा १० प्रतिशत बीज पूँजीको सुविधा प्रयोग  गर्न पाउने छ।  उल्लेखित शर्तहरू पूरा गर्न नसकेको अवस्थामा १५ प्रतिशत बीज पूँजी लगानी गरी नयाँ योजना तथा थप इकाई निष्काशन गर्न  सकिने छ।

खुलामुखी योजनाको हकमा आकार वृद्धि गर्दा बीज पूँजी रकम समायोजन गर्न सकिनेछ । तर, यसरी समायोजन गर्दा पहिला लगानी भैसकेको बीज पूँजी रकम भन्दा कम हुने गरी घटाउन पाइने छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...

जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका...

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ...

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत...
spot_img