Monday, December 8, 2025
spot_img

पुँजीबजारबारे आज धितोपत्र बोर्डसँग छलफल गर्दै संसदको अर्थ समिति

spot_img

प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले आज पुँजीबजारबारे नेपाल धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ । समितिले नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने भन्दै समितिका सदस्यहरुलाई निमन्त्रणा पठाएको छ।

बैठक आज बिहिबार अर्थ समितिको बैठक हल (संघीय संसद सचिवालय भवन नं.१ को कोठा नं. ४०२) मा बिहान ११ बजे हुने छ ।

यस अघिको प्रतिनिधिसभा बैठकमा सांसद अमरेश कुमार सिंहले शेयरबजारमा विभिन्न कम्पनीमा चलखेल भएको र ति कम्पनीको शेयर मूल्यमा अस्वभाविक मूल्य वृद्धि भएको भन्दै छानबिनको माग गरेका थिए । उनले विवादित अभिव्यक्ति दिएको भन्दै ४ वटा लगानीकर्ता संघले उनी माथि नै छानबिन गरि कारवाही गर्न माग गरेका छन् । त्यस्तै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिलेको शेयर बजारको वृद्धि अस्वभाविक भएको टिप्पणी गरेका थिए ।

यस्तो अवस्थामा समितिले धितोपत्र बोर्डसँग छलफल गर्न लागेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओको तयारीमा रहेको हुलास फिनसर्भ हायर पर्चेजको नाफा ८१ प्रतिशतले बढ्यो

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साविकको हुलास फिनसर्भ लिमिटेड)...

बैंकहरुलाई सर्वोच्चको राहत, अब सरकारको अनुमति नलिई गैरबैंकिङ सम्पत्ति बेच्न पाउने

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुलाई केही राहत दिएको...

एनसेलले आजदेखि ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने

एनसेल आजियाटा लिमिटेडले आज मङ्सिर २२ गतेदेखि ९७१ बाट...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २२...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि बिक्री खुला, कम्तिमा ५० कित्ता भर्नु पर्ने

रिलायन्स स्पिनिङ मिल्सले आज मङ्सिर २२ गतेबाट दोस्रो चरणको...

पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचारः यी हुन् अख्तियारले डामेका ५५ प्रतिवादी (नामसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार...
spot_img
spot_img