Sunday, May 3, 2026
spot_img
spot_img

नेशनल लाईफद्वारा लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट सीईओ क्लब सदस्य बनेका अभिकर्तालाई सम्मान गरेको हो ।

उक्त प्रदेशबाट योग्य भएका ३४० जना अभिकर्ताहरु र विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका हुन् । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, दित्तीय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसै गरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म गण्डकी, कर्णाली र सुदुर पश्चिम र लुम्बिनी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसकिएको छ ।

कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट भएका छन् ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img