Saturday, August 8, 2026
spot_img

लगानी योग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती: अध्यक्ष पाण्डे

spot_img

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको बताएका छन् ।

नाफिजको साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आन्तरिक अर्थतन्त्र चापमा छ । बैंकमा लगानी योग्य रकम पर्याप्त छ । ब्याज एकल बिन्दुमा भएपनि समग्र बजारको माग बढ्न सकेको छैन’, अध्यक्ष पाण्डेले भने, ‘अहिलेको सबैभन्दा ठुलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु हो । पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रको लागि राम्रो पक्कै पनि होइन ।’ निजी क्षेत्रको लगानी बढेमा मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुने उनले बताए ।

अध्यक्ष पाण्डेले भने, ‘निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुन्छ । अर्थतन्त्र सुदृढ भयो भने मात्रै मुलुक समृद्ध हुन्छ । युवाहरूले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ । त्यसैले पूर्वाधार विकास सामाजिक विकास योगदान गर्छ । त्यसैले हामी सबैको ध्यान अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ ।’ बजारमा पैसा ल्याउनका लागि सरकारले पुँजीगत खर्च बढाउनु पर्ने उनले बताए । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको समग्र बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको उनको टिप्पणी छ ।

बजेट कार्यान्वयनका लागि सरकार कडाइका साथ प्रस्तुत हुनुपर्ने उनको सुझाव छ । ‘आर्थिक मुद्दालाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा पनि समान धारणा छ । राजनीति भन्दा माथि आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’, अध्यक्ष पाण्डेले भने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img