Monday, February 17, 2025
spot_img

ब्रोकरलाई नेप्सेको निर्देशन ‘लगानीकर्ताको गुनासो सुनुवाई गरि जानकारी गराउनु’

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर लगानीकर्ताको गुनासो सुनुवाईका लागि आवश्यक प्रबन्ध गर्न सम्पूर्ण ब्रोकरहरुलाई निर्देशन दिएको छ। आफ्ना ग्राहकहरुबाट आउने गुनासाहरुको उचित सुनुवाई गरी यथाशिघ्र समस्या समाधान गर्ने दायित्व सम्बन्धित ब्रोकरको नै भएको हुँदा लगानीकर्ताहरुबाट प्राप्त हुने गुनासाहरु सुनुवाईका लागि आवश्यक प्रबन्ध गरी सो को जानकारी  गराउन नेप्सेले निर्देशन दिएको हो।

धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली (TMS) सञ्चालन सम्वन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवं गुनासाहरुहरुको सम्बन्धित सदस्य दलालबाट यथोचित सम्बोधन गरी समस्या समाधान गर्ने कार्य नभएको भनी नेप्सेमा पटकपटक लगानीकर्ता एवं सम्बन्धित सरोकारवालाहरुबाट गुनासा एवं उजुरीहरु प्राप्त हुन आएको भन्दै नेप्सेले यस्तो निर्देशन दिएको हो।

विशेषगरी शेयर बेचेको रकम समयमा नपाएको तथा किनेको शेयर समयमा खातामा नआएको गुनासो लगानीकर्ताले गर्ने गरेका छन् ।

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...