Wednesday, August 26, 2026
spot_img
spot_img

ब्रोकरलाई नेप्सेको निर्देशन ‘लगानीकर्ताको गुनासो सुनुवाई गरि जानकारी गराउनु’

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर लगानीकर्ताको गुनासो सुनुवाईका लागि आवश्यक प्रबन्ध गर्न सम्पूर्ण ब्रोकरहरुलाई निर्देशन दिएको छ। आफ्ना ग्राहकहरुबाट आउने गुनासाहरुको उचित सुनुवाई गरी यथाशिघ्र समस्या समाधान गर्ने दायित्व सम्बन्धित ब्रोकरको नै भएको हुँदा लगानीकर्ताहरुबाट प्राप्त हुने गुनासाहरु सुनुवाईका लागि आवश्यक प्रबन्ध गरी सो को जानकारी  गराउन नेप्सेले निर्देशन दिएको हो।

धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली (TMS) सञ्चालन सम्वन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवं गुनासाहरुहरुको सम्बन्धित सदस्य दलालबाट यथोचित सम्बोधन गरी समस्या समाधान गर्ने कार्य नभएको भनी नेप्सेमा पटकपटक लगानीकर्ता एवं सम्बन्धित सरोकारवालाहरुबाट गुनासा एवं उजुरीहरु प्राप्त हुन आएको भन्दै नेप्सेले यस्तो निर्देशन दिएको हो।

विशेषगरी शेयर बेचेको रकम समयमा नपाएको तथा किनेको शेयर समयमा खातामा नआएको गुनासो लगानीकर्ताले गर्ने गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...