नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारसम्बन्धी नीतिहरु आज सार्वजनिक गरेको हो ।
बोर्डले विभिन्न १२ शिर्षकमा गरि कुल ८१ बुँदे नीति तथा कार्यक्रम ल्याएको छ ।
यस्तो छ बोर्डको नीति तथा कार्यक्रम
१. धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाईनेछ ।
१.१ पुँजी बजारको दीर्घकालीन विकाससम्बन्धी नीतिगत व्यवस्थाका लागि पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गर्ने ।
१.२ वित्तीय क्षेत्रका नियामक लगायत पुँजी बजारका विषयमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्ने अन्य निकायसँग नीतिगत तथा कार्यगत समन्वय बढाउन अन्तरक्रिया कार्यक्रम संचालन गर्ने ।
१.३ धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी र धितोपत्र दलाल व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने ।
२. नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।
२.१ नेपाल धितोपत्र बोर्डको घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने ।
२.२ देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ ।
२.३ बोर्डको वार्षिक बजेट तर्जुमा कार्यमा सुधार ल्याउन बजेट तर्जुमा म्यानुअल तयार गर्ने ।
२.४ बोर्डको चार वर्षीय रणनीतिक योजना कार्यान्वयनको समीक्षा गर्ने र बोर्डको तेस्रो चार वर्षीय रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
२.५ बोर्डको उच्च शिक्षा अध्ययन कार्यविधि परिमार्जन गर्ने एवं बोर्डको कर्मचारी एकीकृत सापटी सुविधा सम्बन्धी कार्यविधि तर्जुमा गर्ने ।
२.६ धितोपत्र बजार बाह्य नियामक निकाय तथा व्यवसायिकता विकास सम्बन्धी संस्थासँग दीर्घकालीन समन्वय र साझेदारी (Long Term Strategic Co-operation) विकास गर्ने सम्बन्धी Memorandum of Understanding (MoU) कार्य नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गरी अगाडि बढाउने ।
२.७ पुँजी बजारको सुधार तथा विकास, वित्तीय साक्षरता लगायतका विषयमा तालिम, सेमिनार, गोष्ठी लगायतका अन्य कार्यक्रमहरुको आयोजना गर्ने ।
२.८ बोर्डबाट सम्पादन गर्ने कार्यहरुलाई प्रभावकारी एवं सहज बनाउन आवश्यक भौतिक सामाग्री, सफ्टवेयरलगायत अन्य सामाग्री खरिदको नियमानुसारको प्रकृया अगाडि बढाई खरिद कार्य गर्ने ।
२.९ बोर्डका कर्मचारी तथा पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, प्रशिक्षण तथा अवलोकन कार्यक्रमहरुमा सहभागी गराउने ।
२.१० बोर्डका कर्मचारीहरुको वृत्ति विकासका लागि तालिम, प्रशिक्षण तथा पुनर्ताजगी कार्यक्रमहरुको आयोजना गर्ने ।
२.११ बोर्डको लेखा म्यानुअल (Accounting Manual) बनाउने ।
२.१२ बोर्डकोआन्तरिक कार्य संचालन निर्देशिका तर्जुमा गर्ने ।
३. धितोपत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षण मार्फत् गलत अभ्यासलाई निरुत्साहित गरिनेछ ।
३.१ धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा (Risk-Based Supervision Framework) लागू गर्ने ।
३.२ सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ अनुसार कम्तीमा १५ सूचक संस्थाको स्थलगत सुपरिवेक्षण गर्ने ।
३.३ धितोपत्र निष्काशनका क्रममा निष्काशनकर्ता कम्पनीले सार्वजनिक निष्काशनबाट संकलित रकम विवरणपत्रमा उल्लेख भए बमोजिम सदुपयोग गरे÷नगरेको सम्बन्धमा सुपरिवेक्षण गर्ने ।
३.४ सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्य सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग आवश्यक सहयोग र समन्वय गर्ने ।
३.५ सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनामा नियमन निकाय तथा अनुसन्धानकारी निकायका लागि तोकिएका कार्यहरु गर्ने ।
३.६ धितोपत्र बजारमा हुने दैनिक कारोवार, कारोवार रकम, कारोवार हुने कम्पनी, कारोवार भएको धितोपत्र आदिको Real Time Surveillance गर्ने तथा नियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गरी सुपरिवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सो को प्रारम्भिक जाँचबुझ गर्ने ।
३.७ धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरुको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने ।
३.८ सूचीकृत संगठित संस्था, धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, निक्षेप सदस्य, मर्चेण्ट बैंकर, क्रेडिट रेटिङ्ग कम्पनी, आस्वा सदस्य, धितोपत्र दलाल, धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, विशिष्टीकृत लगानी कोषहरुको वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारवाहीहरुको गैरस्थलगत सुपरिवेक्षण गर्ने ।
३.९ धितोपत्र बजार र धितोपत्र व्यवसायीहरुको विस्तृत विवरण (Profile) अद्यावधिक गर्ने ।
३.१० संगठित संस्थाहरुबाट हुने सेयरको सार्वजनिक निष्काशन, ऋणपत्र निष्काशन, सामूहिक लगानी योजना, विशिष्टीकृत लगानी कोष दर्ता तथा निष्काशन गर्न स्वीकृति प्रदान गर्ने ।
३.११ धितोपत्र व्यवसायी, योग्य संस्थागत लगानीकर्ता तथा विशिष्टीकृत लगानी कोषको अनुमतिपत्र तथा दर्ता प्रमाणपत्र प्रदान गर्ने एवं नवीकण गर्ने ।
४.धितोपत्र बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लगिनेछ ।
४.१ बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने ।
४.२ IPO Allotment सफ्टवेयरको Vulnerability Assessment and Penetration Testing (VPAT) तथा अन्य प्राविधिक पक्षहरुका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने ।
४.३ पुँजी बजारसम्बन्धी तथ्यांकहरुको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंकरपोर्टल (Central Capital Market Data Bank/Portal) स्थापना सम्बन्धमा अध्ययन गर्ने ।
४.४ धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने ।
४.५ धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परिक्षण ढाँचा (System Audit Framework ) तयार गर्ने ।
४.६ बोर्डका कार्य संचालनका लागि आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाउने ।
४.७ बोर्डका सूचना प्रविधिको उपयोगलाई सुरक्षित बनाउन Firewall र EDR/FIM प्रणालीहरुको व्यवस्था गर्ने ।
४.८ बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने ।
४.९ धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका AI Based एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणाली (Integrated Automated Market Surveillance System) प्रयोगमा ल्याउन अध्ययन गर्ने ।
४.१० हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न Automated Auction System लाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने ।
४.११ बोर्डको लेखा प्रणालीलाई चुस्त दुरुस्त र सहज बनाउन लेखा प्रणालीसम्बन्धी Software खरिद गर्ने ।
४.१२ गुनासो तथा उजुरी समाधान सम्बन्धी केन्द्रीकृत गुनासो व्यवस्थापन प्रणालीको व्यवस्था गर्ने ।
४.१३ बोर्डको बजार सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन Supervisory Information System-SIS विकास गरी कार्यान्वयनमा ल्याउने सम्बन्धी अध्ययन गर्ने ।
५. नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भए बमोजिम वस्तु विनिमय बजार संचालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाईनेछ ।
५.१ वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोवार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरु तर्जुमा गर्ने ।
५.२ वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने ।
६. धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी प्रचलित कानूनलाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप समयसापेक्ष बनाउने र नेपाल धितोपत्र बोर्ड तथा धितोपत्र बजार सम्बन्धी छुट्टाछुट्टै ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाईनेछ ।
६.१ नेपाल धितोपत्र तथा विनिमय आयोग र धितोपत्र बजारसम्बन्धी कानून तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्ने ।
६.२ धितोपत्र सम्बन्धी ऐन, २०६३ र वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ अन्तर्गतका नियमावली, निर्देशिकामा आवश्यक संशोधन कार्य गर्ने ।
६.३ धितोपत्र बजार तथा व्यवसायीहरूलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल पुनरावलोकन गर्ने ।
६.४ सामूहिक लगानी कोषको योजना व्यवस्थापकले संचालन गर्न सक्ने योजनाको आकार, क्षमता र अवधि लगायतका विषयमा धितोपत्र सम्बन्धी ऐन, नियम तथा प्रचलित अन्तर्राष्ट्रिय अभ्यास समेतको अध्ययन गरी नीतिगत व्यवस्था गर्ने ।
६.५ धितोपत्रको दोश्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनहरुमा संशोधन प्रक्रिया अगाडि बढाउने ।
७. हरित वण्ड, उर्जा वण्ड लगायत अन्य नवीन वित्तीय औजारहरुको निष्काशन तथा कारोवारको सहज एवं भरपर्दो व्यवस्था गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।
७.१ हरित वण्ड, उर्जा वण्ड जस्ता उपकरणको निष्काशन तथा कारोवारलाई सहजीकरण गर्न एकीकृति स्वचालित ऋणपत्र बजार संचालन व्यवस्था सम्बन्धी आवश्यक अध्ययन गर्नेरगराउने ।
७.२ विशिष्टिकृत लगानी कोषले जारी गरेको कोषको उपयोग, क्षेत्रगत लगानी लगायतका विषयमा जोखिमलाई मध्यनजर गरी अध्ययन गर्ने ।
७.३ सरकारी ऋणपत्रहरुको दोस्रो बजार कारोवार सम्बन्धमा अध्ययन गरी सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्ने ।
७.४ ASB -Accounting Standard Board र ICAN लगायतका संस्थाहरुसँगको सहकार्यमा Sustainability Reporting सम्बन्धी विषयमा अध्ययन र सरोकारवालाहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम संचालन गर्ने ।
८. धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिनेछ ।
८.१ बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने ।
८.२ धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी Standards/Guidelines तयार गर्ने ।
८.३ सूचिकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ ।
९. धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले बोर्ड समक्ष पेश गर्नुपर्ने प्रतिवेदनमा एकरुपता कायम गरिनेछ ।
९.१ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी, मर्चेन्ट बैंकर र सामूहिक लगानी कोषहरुले पेश गर्नुपर्ने विवरणहरुको Reporting Format लागू गर्ने ।
१०. पुँजी बजारमा क्षेत्रगत तथा औजारगत विविधता ल्याउन सहजीकरण गरिनेछ ।
१०.१ नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भएअनुसार निश्चित रकम भन्दा बढी पुँजी भएका संगठित संस्थालाई अनिवार्यरुपमा धितोपत्र दर्ता गरी धितोपत्र बजारमा सूचीकरण गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसंग समन्वय तथा संभाव्य कम्पनीहरुसँग अन्तरक्रिया गर्ने ।
११. लगानीकर्ताको सशक्तिकरण गर्न देशव्यापीरुपमा पुँजी बजारसम्बन्धी शिक्षा, सचेतना तथा साक्षरता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
११.१ पुँजी बजारसम्बन्धी विषय वस्तुमा अध्ययन÷अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धि सम्बन्धी पाठ्यक्रम विकास र वित्तीय साक्षरता अभिवृद्धिका लागि सहयोग आदान प्रदान गर्न विश्व विद्यालयसँग MoU गरी समन्वयात्मक रुपमा कार्य अगाडि बढाउने ।
११.२ धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि इन्डेक्स फण्ड, केन्द्रीय विद्युतीय गुनासो समाधान प्रणाली, धितोपत्र व्यवसायीहरुको पुँजी आधार तथा कार्य क्षेत्र, हकप्रद सेयर खरिदका लागि प्राप्त हकको बिक्री लगायतका समसामयिक विषयहरुमा अध्ययनरअनुसन्धान गर्नेरगराउने ।
११.३ धितोपत्र बजार तथा बस्तु विनिमय बजारसम्बन्धी असल अभ्यास सम्बन्धमा जानकारी गराउन सूचनामूलक÷सन्देशमूलक डकुमेन्ट्री तथा भिडियो सामाग्री निर्माण तथा प्रसारण गर्ने ।
११.४ धितोपत्र बजार तथा बस्तु विनिमय बजार शिक्षा तथा साक्षरतासम्बन्धी प्रशिक्षण सामग्री, पाठ्यक्रम, जानकारीमूलक पुस्तिका तयारी तथा प्रकाशन र अनलाइन अध्ययन सामाग्रीहरु तयार गर्ने ।
११.५ धितोपत्र बजारमा कार्यरत जनशक्तिको सेवालाई दक्ष एवं प्रभावकारी बनाउन आवश्यक नयाँ कानुनी व्यवस्था तर्जुमा वा विद्यमान कानुनी व्यवस्थामा संशोधन गरी Certification कार्यक्रम शुरुवात गर्ने ।
११.६ प्रमाणीकरण कार्यक्रमसंग सम्बन्धित प्रशिक्षण सामग्री तयारी तथा प्रकाशन र अनलाइन अध्ययन सामाग्रीहरुको तयार गर्ने ।
११.७ सूचीकृत संगठित संस्थाका परिपालना अधिकृतहरु (Compliance Officers) लाई संस्थाले प्रवाह गर्नुपर्ने सूचना, विवरण तथा जानकारीका सम्बन्धमा तालिम प्रदान गर्ने ।
११.८ धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी साक्षरता अभिबृद्धि कार्यलाई स्तरीय एवं प्रभावकारी बनाउन बजार साक्षरताको अवस्था तथा साक्षरताको स्तरमा बृद्धि भएपश्चात् लगानी अभ्यास तथा बजार प्रवृत्तिमा भएको सुधार मूल्याङ्कन गर्न सकिने विषय तथा आधार समावेश गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार साक्षरता ढाँचा (Securities Markets and Commodity Derivatives Market Literacy Framework) तर्जुमा गर्नेरगराउने ।
११.९ विश्वविद्यालयका विधार्थीहरुलाई धितोपत्र बजार तथा बस्तु बिनिमय बजार सम्बन्धमा ज्ञान दिन पुँजी बजारसम्बन्धी विषयवस्तु समावेश गर्न समन्वय तथा छलफल गरी सम्बन्धित पाठ्यक्रमहरुमा समावेश गर्न पहल गरिनेछ ।
११.१० देशभरका लगानीकर्ता, विधार्थी, व्यवसायी तथा सर्वसाधारणलाई धितोपत्र बजार सम्बन्धमा सूसुचित गर्न बोर्ड स्वयं वा बजारसम्बद्ध संस्थाहरु तथा वित्तीय क्षेत्रका नियामकहरुसँगको सहकार्यमा देशव्यापी रुपमा धितोपत्र बजारसम्बन्धी शिक्षा, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्ने ।
११.११ रेडियो नेपाल र अन्य रेडियो मार्फत् धितोपत्र बजार तथा बस्तु विनिमय बजारसम्बन्धी चेतनामूलक पाक्षिक रेडियो कार्यक्रम सञ्चालन गर्ने ।
११.१२ विश्व लगानीकर्ता सप्ताह र विश्व वित्तीय सप्ताह अन्र्तगत बालबालिका तथा युवा लगायत धितोपत्र बजारका लगानीकर्ता एवं अन्य सर्वसाधारणहरुलाई सप्ताह व्यापीरुपमा देशभर सेमिनार, साक्षरता अभिबृद्धि, प्रशिक्षण, रेडियो, टि.भी. कार्यक्रम एवं हाजिरी जवाफ लगायतका कार्यक्रमहरु आयोजना गर्ने ।
११.१३ आर्थिक पत्रकारितामा सक्रिय रहेका पत्रकारहरुसँग धितोपत्र बजारसँग सम्बन्धित छलफल, अन्र्तकृया तथा तालिम कार्यक्रम संचालन गर्ने ।
११.१४ धितोपत्र व्यवसायीका कर्मचारीहरुको लागि तालिम÷अन्तक्रिया कार्यक्रम संचालन गर्ने ।
११.१५ बोर्डको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने र सोको चौमासिक प्रगति समीक्षा गर्ने ।
११.१६ बोर्डको वार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सव लेख विशेषाङ्क तयार गरी प्रकाशन गर्ने ।
११.१७ वित्तीय बजार, अर्थतन्त्र र पुँजी बजार सम्बन्धी खोजमूलक अनुसन्धानमा आधारित शोध समेटिएको सेबोन जर्नल प्रकाशन गर्ने ।
११.१८ बोर्डको वार्षिक कामकारवाही समावेश गरिएको वार्षिक प्रतिवेदन तयार गरी प्रकाशन गर्ने ।
११.१९ त्रैमासिकरुपमा क्भ्द्य SEBON News and Statistics प्रकाशन गर्ने ।
१२. अन्य कार्यक्रमहरु
१२.१ बोर्डको वार्षिकोत्सवको अवसरमा बजार सहभागीहरुको सहभागिता रहनेगरी वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गर्ने ।
१२.२ बोर्डको वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्न यस सम्बन्धमा लगानीकर्तालाई सुसूचित गराउने र पुँजी बजारमा रचनात्मक सुधारका लागि योगदान गर्ने पत्रकार वा संस्थालाई पुँजी बजार पत्रकारिता पुरस्कार र अर्थतन्त्र वा वित्तीय बजारका सम्बन्धमा स्नातकोत्तर वा एमफिल तहमा गरिने शोधपत्रलाई (उत्कृष्ट शोधपत्रलाई) पुरस्कार प्रदान गर्ने सम्बन्धमा कार्यविधि बनाई लागू गरी पुरस्कार प्रदान गर्ने ।
१२.३ बोर्डको नीति तथा कार्यक्रमका आधारमा वार्षिक बजेट तयार गरी कार्यान्वयन गर्ने ।
१२.४ धितोपत्र बजार, धितोपत्रको केन्द्रीय निक्षेप कम्पनी तथा वस्तु विनिमय बजारका विनियमावली स्वीकृत गर्न तथा संशोधनका लागि पेश भएमा अध्ययन गरी आवश्यक स्वीकृति प्रदान गर्ने ।
१२.५ कानून प्रवलीकरणलाई जोड दिदै बोर्ड पक्ष वा विपक्ष भएका मुद्दामामिलामा आवश्यक बहस, पैरवी, तारिख लगायत पूर्पक्ष वा प्रतिरक्षा गर्ने ।
१२.६ बोर्डमा कम्पनी रजिष्ट्रार कार्यालय, नियामक लगायत अन्य निकायबाट माग भई आएका विषयमा आवश्यक राय÷सुझावहरु प्रदान गर्ने ।
१२.७ धितोपत्र व्यवसायीको कामकारबाहीको सम्बन्धमा प्राप्त लगानीकर्ताको गुनासो समाधान गर्ने ।