Wednesday, April 8, 2026
spot_img
spot_img

दीपक भट्टलाई शेयर किनिदिने ब्रोकर नम्बर ५५ निलम्बित, बोर्डले सोध्यो स्पष्टीकरण

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोधेको छ । सोमबार साँझ बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले उक्त ब्रोकरको लाईसेन्स निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

अहिले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ । विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका विभिन्न कम्पनीहरुको शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ । उनले यी कम्पनीहरुको रकम दुरुपयोग गरेर ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत शेयर खरिद गरी भुक्तानी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ब्रोकर कम्पनीले भट्टको लागि शेयर खरिदको कार्य गर्द  कानूनी व्यवस्थाहरु पालना नगरेको, ग्राहक पहिचान फारमको सम्पुष्टि नगरेको, कानून बमोजिम राख्नु पर्ने कोल्याट्रल नलिएको, नेप्से र बोर्डको निर्देशन पालना नगरेकोले देखिएकोले ब्रोकरलाई निलम्बन गरिएको हो । भट्टको लागि शेयर खरिद गर्दा त्यसको भुक्तानी विभिन्न संस्था र व्यवसायीको नामबाट तिरिदिएको अनुसन्धानमा खुलेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरानमा रहेका आफ्ना नागरिकलाई भारतले भन्यो ‘अबको ४८ घण्टा बाहिर ननिस्कनु’

इरानमा बढ्दो सैन्य तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

स्ट्रेट अफ होर्मुज खुलाउन इरानमाथि बल प्रयोग गर्ने प्रस्तावमा चीन र रुसले लगाए भिटो

विश्वव्यापी तेल आपूर्तिको प्रमुख जल मार्ग स्ट्रेट अफ होर्मुज...

नवनियुक्त डेपुटी गभर्नर पण्डितले लिए सपथ, सम्हाले कार्यभार

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज...

डरलाग्दो सुनिए ट्रम्प, आजै इरानको सम्पूर्ण सभ्यता नै नष्ट गरिदिने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरु खोल्नको लागि...

महासंघ निर्वाचनः चन्द्र ढकालका छोरा सचिन बने पाण्डे र श्रेष्ठ समूहका साझा उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियटतर्फ युवा व्यवसायी...
spot_img