Tuesday, June 9, 2026
spot_img

आइतबार एकै दिन १ खर्ब ७९ अर्बले बढ्यो बजार पुँजीकरण

spot_img
spot_img

आज आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार पुँजीकरण बढेर ४२ खर्ब ५४ अर्ब पुगेको छ । आज आइतबारको कारोबारपछि बजार पुँजीकरण बढेर ४२ खर्ब ५४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

गत बिहिबारको कारोबारपछि बजार पुँजीकरण ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख थियो । अर्थात् आज आइतबार मात्र बजार पुँजीकरण १ खर्ब ७९ अर्ब ९७ करोड ९० लाखले थपिएको छ। आज अधिकांश वाणिज्य बैंकको शेयर मूल्य सकारात्मक लागेपछि बजार पुँजीकरण झन्डै २ खर्बले बढेको हो।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दा बैंकहरुले २०८१ असारसम्मको ब्याज २०८१ साउनसम्ममा प्राप्त गरेमा २०८१ असार कै वित्तीय विवरणमा गणना गर्न सक्ने व्यवस्था गरेको थियो । साथै पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई सहजीकरण गरेको थियो । मौद्रिक नीतिको यिनै व्यवस्थाले वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल आएको हो।

आज आइतबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ। आज नेप्से सूचक ११३.४२ अंकले बढेर २६८१.५६ को बिन्दुमा पुगेर रोकिएको छ।

आजको कारोबार सुरु भएको डेढ मिनेट मै  बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको १ मिनेट मै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यस पछि खुलेको बजार भने सम्हालिदै पुरा कारोबार अवधि टिकेको हो ।

आज कारोबारमा आएका ३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ। जस मध्ये कुमारी बैंकको सर्वाधिक ३६ करोड १० लाखको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको २४ करोड ८१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका अधिकांश वाणिज्य बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ५.७१ प्रतिशत घटेको छ । त्यस्तै लक्ष्मी लघुवित्तको शेयर मूल्य ४.६० प्रतिशत तथा नाडेप लघुवित्तको शेयर मूल्य ३.७७ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये वाणिज्य बैंक समूह सर्वाधिक ९.८९ प्रतिशत बढेको छ। त्यस्तै इन्भेष्टमेन्ट समूह ५.७५ प्रतिशत तथा विकास बैंक समूह ४.८७ प्रतिशत बढेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img