Thursday, November 13, 2025
spot_img

शेयरबजारमा तेहोरो अंकको वृद्धि, वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल

spot_img

आज आइतबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ। आज नेप्से सूचक ११३.४२ अंकले बढेर २६८१.५६ को बिन्दुमा पुगेर रोकिएको छ।

आजको कारोबार सुरु भएको डेढ मिनेट मै  बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको १ मिनेट मै बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यस पछि खुलेको बजार भने सम्हालिदै पुरा कारोबार अवधि टिकेको हो ।

आज कारोबारमा आएका ३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ। जस मध्ये कुमारी बैंकको सर्वाधिक ३६ करोड १० लाखको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको २४ करोड ८१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका अधिकांश वाणिज्य बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ५.७१ प्रतिशत घटेको छ । त्यस्तै लक्ष्मी लघुवित्तको शेयर मूल्य ४.६० प्रतिशत तथा नाडेप लघुवित्तको शेयर मूल्य ३.७७ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये वाणिज्य बैंक समूह सर्वाधिक ९.८९ प्रतिशत बढेको छ। त्यस्तै इन्भेष्टमेन्ट समूह ५.७५ प्रतिशत तथा विकास बैंक समूह ४.८७ प्रतिशत बढेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दा बैंकहरुले २०८१ असारसम्मको ब्याज २०८१ साउनसम्ममा प्राप्त गरेमा २०८१ असार कै वित्तीय विवरणमा गणना गर्न सक्ने व्यवस्था गरेको थियो । साथै पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई सहजीकरण गरेको थियो । मौद्रिक नीतिको यिनै व्यवस्थाले वाणिज्य बैंकहरुको शेयर मूल्यमा उछाल आएको हो।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img