आज आइतबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेर २६०६.४१ को बिन्दुमा पुगेको छ ।
प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ। प्रि ओपन सेसनमा कुल ९ करोड ६८ लाख ५३ हजार ४ सय ५ रुपैयाँको कारोबार भएको छ। हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन हुने गरेको छ ।
लचक मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् ।