Monday, May 4, 2026
spot_img
spot_img

शेयरबजार खुलेको पहिलो मिनेट मै पोजेटिभ सर्किट, २० मिनेटलाई कारोबार स्थगित

spot_img
spot_img

आज सोमबार शेयरबजार खुलेको पहिलो मिनेट मै पोजेटिभ सर्किट लागेको छ। ११ बजे बजार खुलेकोमा ११ बजेट १ मिनेट मै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । अब २० मिनेटलाई कारोबार स्थगित हुने छ ।

यस अघि प्रि ओपन सेसन मै नेप्से सूचक ४४.६३ अंकले बढेको थियो। नियमित सेसनमा १०८.६० अंकले बजार बढेर पहिलो सर्किट लागेको हो ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोहि अनुसार मिनेटमा पहिलो सर्किट लागेको हो । दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ।  र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।

चुनावको नतिजापछि शेयर लगानीकर्ता उत्साहित देखिएका छन् । चुनावको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने देखिएको छ। अबको प्रधानमन्त्रीमा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह हुने छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले रहने भनिएको छ।

कम्तिमा ५ वर्ष एउटै पार्टीको सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...
spot_img