नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज शिवम सिमेन्ट, कृषि विकास बैंक र आशा लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।
शिवम सिमेन्टको २.५ प्रतिशतले हुन आउने १३ लाख ६४ हजार २ सय २ दशमलव १२५ कित्ता शेयर, कृषि विकास बैंकको ३.२५ प्रतिशतले हुन आउने ४५ लाख २ हजार ९ सय ४७ दशमलव ८९७५ कित्ता र आशा लघुवित्तको ९.५ प्रतिशतले हुन आउने ६ लाख ९६ हजार ३ सय ९३ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।













