सिईडिबि होल्डिङ्गका संचालक समिति सदस्य अनिल कुमार रङ्गटाले पदबाट राजीनामा दिएका छन् । उनले कार्य व्यस्तताको कारण राजीनामा दिएको कम्पनीले जनाएको छ।
कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले सोहि मितिदेखि लागू हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ।
उनी कम्पनीको अध्यक्ष समेत रहेकोमा गत मङ्सिरमा उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। अध्यक्षबाट राजीनामा दिएको ३ महिनामा उनले संचालक पदबाट समेत राजीनामा दिएका हुन् ।
हाल कम्पनीकी अध्यक्ष देवीमैया न्यौपाने छिन्।













