Monday, May 4, 2026
spot_img
spot_img

नेप्सेले तोकेको ओपनिङ रेन्जप्रति रिलायन्स स्पिनिङ मिल्सले जनायो आपत्ति

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिलायन्स स्पिनिङ मिल्सको लागि तोकेको पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेप्सेले कम्पनीको शेयरको ओपनिङ रेञ्ज रु. १०० देखि रु. ३०० निर्धारण गरेको छ, जुन अंकित मूल्यको तीन गुणासम्म मात्र हो ।

यो सीमा यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको भन्दै कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिसम्बन्धी निर्देशिका बमोजिम कम्पनीलाई शेयर निष्कासनको अनुमति दिएको थियो ।  बुक विल्डिङ आधुनिक विधि भएकाले यसमार्फत निष्काशित शेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी रहेको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा शेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराएको थियो । अन्ततः सोको सुनुवाइ नभएपछि बाध्य भएर शेयर सूचीकरण गरिएको जनाएको छ ।

कम्पनीले कम्पनीको प्रतिशेयर मूल्य रु. ९१२ काल्पनिक आधारमा नभई विज्ञ वित्तीय संस्थाहरूले कम्पनीको वित्तीय प्रक्षेपण तथा सम्भाव्यता समेतलाई मध्यनजर गरी तोकेको वास्तविक मूल्य रहेको उल्लेख गरेको छ। नेप्सेले नै योग्य संस्थागत लगानीकर्ताहरूबीच सिलबन्दी बोलपत्रमार्फत रु. ६०८ देखि रु. ९१२ सम्मको शेयर खरिद मूल्य सीमा कायम गरेको विषय कम्पनीले स्मरण गराएको छ । संस्थागत लगानीकर्ताद्वारा तय भएको मूल्यमा बुक बिल्डिङ निर्देशिका बमोजिम १० प्रतिशत घटाएर आमसर्वसाधारण लगानीकर्ताको लागि रु. ८२०।८० कायम भएको थियो ।

यस कम्पनीको वर्तमान वित्तीय स्थिति समेतले रु. ९१२ लाई समर्थन गर्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार  २०८२/०८३ को दोश्रो त्रैमासिक (अपरिष्कृत) वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रु. ४९०।५४ रहेको छ ।

कम्पनीले कम्पनीको वित्तीय अवस्था र सम्भाव्यताको उचित विचार गरी निर्णय गर्न समेत लगानीकर्तासँग अनुरोध गरेको छ।

हेर्नुस् कम्पनीको विज्ञप्ति

यस अघि  : आईपीओको ओपेनिङ रेन्ज दिने नियम परिवर्तन, नेटवर्थको साटो अब फेस भ्यालु हेरिने

नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...
spot_img