Friday, May 23, 2025
spot_img

भारतमा पुँजीगत लाभकर बढेर २० प्रतिशतसम्म कायम, शेयरबजारमा गिरावट

spot_img

भारतमा पुँजीगत लाभकर बढेको छ। आज भारतमा बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सितारमणले पुँजीगत लाभकर बढाएको घोषणा गरेकी हुन् ।

उनका अनुसार फाइनान्सियल एसेट्समा अल्पकालीन पुँजीगत लाभकर साविकको १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको छ भने दीर्घकालीन पुँजीगत लाभकर साविकको १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत कायम गरिएको छ । लाभकर नलाग्ने सीमा भनेर बढाएर १.२५ लाख कायम गरिएको छ।

उनको यो घोषणासंगै भारतीय पुँजीबजारमा गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म भारतको निफ्टि ५० इन्डेक्स ३०० अंकले घटेको छ भने बम्बइ स्टक एक्सचेन्जको बिएसई सेन्सेक्स ६०० अंक भन्दा धेरैले घटेको छ। साथै नेशनल स्टक एक्सचेन्जको एनएसई इन्डेक्स २०० अंक बढीले घटको छ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको तेस्रो कार्यकालको पहिलो नियमित बजेट हो । मोदी तेस्रो पटक प्रधानमन्त्री हुँदा वित्त मन्त्रीमा निर्मलालाई नै निरन्तरता दिएका हुन् । यो निर्मलाले घोषणा गरेको छैठौ बजेट हो ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img