Tuesday, August 18, 2026
spot_img

भारतमा पुँजीगत लाभकर बढेर २० प्रतिशतसम्म कायम, शेयरबजारमा गिरावट

spot_img

भारतमा पुँजीगत लाभकर बढेको छ। आज भारतमा बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सितारमणले पुँजीगत लाभकर बढाएको घोषणा गरेकी हुन् ।

उनका अनुसार फाइनान्सियल एसेट्समा अल्पकालीन पुँजीगत लाभकर साविकको १५ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको छ भने दीर्घकालीन पुँजीगत लाभकर साविकको १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत कायम गरिएको छ । लाभकर नलाग्ने सीमा भनेर बढाएर १.२५ लाख कायम गरिएको छ।

उनको यो घोषणासंगै भारतीय पुँजीबजारमा गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म भारतको निफ्टि ५० इन्डेक्स ३०० अंकले घटेको छ भने बम्बइ स्टक एक्सचेन्जको बिएसई सेन्सेक्स ६०० अंक भन्दा धेरैले घटेको छ। साथै नेशनल स्टक एक्सचेन्जको एनएसई इन्डेक्स २०० अंक बढीले घटको छ।

अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको तेस्रो कार्यकालको पहिलो नियमित बजेट हो । मोदी तेस्रो पटक प्रधानमन्त्री हुँदा वित्त मन्त्रीमा निर्मलालाई नै निरन्तरता दिएका हुन् । यो निर्मलाले घोषणा गरेको छैठौ बजेट हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img