आज पुस १३ गते आइतबार ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १३ गते अन्तिम दिन हो।
जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र कुथेली बुखरी स्मल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, र सन् नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कुनको लाभांश कति र साधारणसभा कहिले?
कुथेली बुखरी स्मल हाइड्रो : १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
सिनर्जी पावर डेभलपमेन्ट: १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २८ मा
शिखर इन्स्योरेन्स: ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
नेपाल इन्स्योरेन्स: ६.३१५८ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २९ मा
सन् नेपाल लाइफ इन्स्योरेन्स: ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश, साधारणसभा पुस २५ मा












