निर्वाचनको दिन पास नबोकेका सवारी साधन बाटोमै रोकिएका छन् । ट्राफिक प्रहरीले चेकजाँच गर्दा पास नभएका सवारी साधनलाई बाटोमै रोकेका हुन्।
मतदान अवधिभर अत्यावश्यकीय सेवाका बाहेक अरू सवारी साधन चल्न रोक लगाइएको छ । तर, आवतजावत जरुरी पर्नेले यसअघि नै निर्वाचन आयोगबाट अस्थायी पास लिनुपर्ने प्रावधान थियो ।
यसकारण पास नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले बाटोमै होल्ड गरेका हुन् । यसरी होल्ड भएका सवारी साधनलाई मतदान सकिएपछि छाडिने ट्राफिक प्रहरीले जनाएको छ ।









