spot_img

शेयरबजारमा उत्साह: १२ अर्ब बढीको कारोबार हुँदा ट्रेडिङ, होटेल र फाइनान्समा धेरै आकर्षण

spot_img

बुधबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.०४ अंकले बढेर २३६४.६३ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३०६ कम्पनीका ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ ४७ पैसाको कारोबार भएको छ। जस मध्ये सिंगटी हाइड्रोको सर्वाधिक २३ करोड ५५ लाख, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २२ करोड ७१ लाख सोनापुर सिमेन्टको २० करोड ३५ लाख तथा हिमाल दोलखा हाइड्रोको २० करोड २७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । त्यस्तै आँखुखोला जलविद्युतको शेयर मूल्य ९.९५ प्रतिशत तथा मन्दाकिनी हाइड्रोको शेयर मूल्य ९.९० प्रतिशत बढेको छ। आज सर्वाधिक गुमाउनेको सूचीको शिर्ष स्थानमा म्युचुअल फण्डको इकाई र ऋणपत्रहरु रहेका छन् ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ७.३० प्रतिशत, होटेल तथा टुरिजम समूह ५.५५ प्रतिशत तथा फाइनान्स समूह ५.५० प्रतिशत बढेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...