Monday, July 14, 2025

शेयरबजारमा उत्साह: १२ अर्ब बढीको कारोबार हुँदा ट्रेडिङ, होटेल र फाइनान्समा धेरै आकर्षण

spot_img
spot_img

बुधबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.०४ अंकले बढेर २३६४.६३ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३०६ कम्पनीका ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ ४७ पैसाको कारोबार भएको छ। जस मध्ये सिंगटी हाइड्रोको सर्वाधिक २३ करोड ५५ लाख, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २२ करोड ७१ लाख सोनापुर सिमेन्टको २० करोड ३५ लाख तथा हिमाल दोलखा हाइड्रोको २० करोड २७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । त्यस्तै आँखुखोला जलविद्युतको शेयर मूल्य ९.९५ प्रतिशत तथा मन्दाकिनी हाइड्रोको शेयर मूल्य ९.९० प्रतिशत बढेको छ। आज सर्वाधिक गुमाउनेको सूचीको शिर्ष स्थानमा म्युचुअल फण्डको इकाई र ऋणपत्रहरु रहेका छन् ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ७.३० प्रतिशत, होटेल तथा टुरिजम समूह ५.५५ प्रतिशत तथा फाइनान्स समूह ५.५० प्रतिशत बढेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img