Thursday, July 16, 2026
spot_img

बोर्डले सहज बाटो नदिँदा आईपीओ आउन लागेका कम्पनीको प्रोमोटर सेयरमा बिचौलिया हाबी

spot_img

घटना १

हाँडीगाउँका सुनिल लम्साल (नाम परिवर्तन) लाई आफुले चिनेका एकदमै नजिकका मित्रबाट एउटा कृषि कम्पनीको प्रमोटर शेयर हाल्ने प्रस्ताव आयो। यस अघि जलविद्युत कम्पनीमा मात्र प्रमोटर शेयर हालेका उनले लगानी विविधिकरण हुन्छ भन्ने हिसाबले चासो देखाए। उनलाई प्रति कित्ता १२० रुपैयाँको दरले शेयर हाल्नु पर्ने भनियो।

शेयरको मूल्य प्रति कित्ता एक सय रुपैयाँ भए पनि छिटो आईपीओ अनुमति पाउनको लागि यताउता मिलाउने पर्ने भन्दै प्रति शेयरमा थप २० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भनिएको थियो। आफुले विश्वास गरेको र आफन्त समेत पर्नेले भनेका मित्रको विश्वास गरेर लम्सालले ति मित्रको खातामा प्रति कित्ता १२० रुपैयाँको दरले १० हजार कित्ताको लागि आवश्यक पर्ने १२ लाख रुपैयाँ हालिदिए।

तर जब लम्सालले प्रमोटर शेयर भरेको अर्थकट्टी देखे, उनी अचम्ममा परे। उनले भरेको कम्पनी कृषि कम्पनी नभएर सोलार र कृषि समबन्धि काम गर्ने कम्पनी पो रहेछ। जुन कम्पनीको प्रमोटर शेयर प्रति कित्ता १०० मै अहिले पनि पाईएको छ। तर पारिवारिक सम्बन्ध बिग्रने डरले उनले आफुले तिरेको अतिरिक्त २ लाखको विषयमा थप केहि पनि गरेनन् ।

घटना २ 

सिन्धुपाल्चोककी अन्जना गिरी (नाम परिवर्तन) लाई एक हाइड्रो कम्पनीको प्रमोटर शेयर खरिद गर्ने प्रस्ताव तेस्रो व्यक्तिमार्फत पुग्यो । मध्य भोटेकोशीको स्थानीयको शेयर परेर उनले ३ वर्षमा राम्रै नाफा कमाएर बेचेकी थिइन् । राम्रै नाफा कमाउने आशामा उनी १००० कित्ता शेयर खरिद गर्न राजी भईन् । तर, उनलाई कम्पनीले प्रिमियममा शेयर बिक्री गरिरहेकोले प्रति कित्ता १२० रुपैयाँ लाग्ने भनियो । उनले सोहि बमोजिम १ लाख २० हजार बुझाईन् । तर, पछि उनलाई थाहा भयो, कम्पनीले १२० रुपैयाँमा नभई १०० रुपैयाँमै शेयर बेचेको रहेछ, प्रति कित्ता २० रुपैयाँ बिचौलियाले खाएछन् ।

यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । संस्थापक शेयर मिलाईदिने र प्रिमियम मूल्य लाग्ने भन्दै विचौलियाले नै ठूलो रकम असुलीरहेका छन् । केही वर्ष अघिबाट आईपीओ भर्न थालेकाहरु समेत अब प्रमोटर शेयर खरिद गर्न इच्छुक देखिने गरेका छन् ।

केही समयमै आईपीओ आउने भन्दै कम्पनी भन्दा बाहिरका मानिसहरुले समेत प्रमोटर शेयरको लागि रकम उठाउने गरेका छन् । त्यसको लागि अधिकांशले व्हाट्सएपमा ग्रुप नै बनाएका छन् । जहाँ उनीहरुले कम्पनीको बारेमा सामान्य जानकारी राख्ने र छिट्टै आईपीओ आउने भन्दै प्रमोटर शेयर उठाउने गरेका छन् । कतिपयले त नेपाल धितोपत्र बोर्डमा आईपीओको लागि आवेदन दिईसकेका कम्पनीको समेत प्रमोटर शेयर उठाउने गरेका छन् ।

लगानीकर्ताले पनि आईपीओ आएको तीन वर्षमा शेयर बेच्न मिल्ने र राम्रो नाफा हुने आशामा प्रमोटर शेयर खरिद गर्छन् । तर बिचौलियामार्फत शेयर खरिद गर्दा भने लगानीकर्ता वास्तविक भन्दा महँगो मूल्य तिर्न बाध्य छन् । त्यस्तै बिचौलियामार्फत शेयर खरिद गर्दा लगानीकर्ताको लगानी डुब्ने सम्भावना समेत रहन्छ ।

अहिले कतिपय मर्चेन्ट बैंकर्सहरुले समेत आफुले चिनेजानेका ठूला लगानीकर्तालाई प्रमोटर शेयर खरिदको लागि प्रस्ताव गर्ने गरेका छन् ।

धितोपत्र बोर्डको नियमले अप्ठेरो 

केही उर्जा प्रवद्र्धक भने नेपाल धितोपत्र बोर्डको नियमले नै यस्तो अवस्था आएको बताउछन् । धितोपत्र बोर्डको नियमको कारणले कम्पनीले खुला रुपमा संस्थापक शेयर उठाउन नसक्ने र र त्यसको फाइदा उठाएर बिचौलियाले खेल्ने गरेको उनको भनाई छ । कम्पनीलाई नै सहज रुपमा संस्थापक शेयर बिक्री गर्न दिए कम्पनी आफैँले सार्वजनिक सूचना निकालेर संस्थापक शेयर खरिदको लागि आह्वान गर्ने र कोहि पनि लगानीकर्ताले १०० रुपैयाँ भन्दा धेरै रकम तिर्नु नपर्ने उनी बताउँछन् । साथै कम्पनीबाट सिधै शेयर खरिद गर्दा लगानीकर्ता माझ विश्वास समेत बढ्ने उनको भनाई छ । यसले कम्पनीलाई आवश्यक पर्ने लगानी पनि सहजै जुट्ने उनी बताउँछन् ।

उनी भन्छन् ‘सबै कम्पनीले लुकिछिपी प्रमोटर शेयर उठाउनु पर्ने बाध्यता छ, नेपाल धितोपत्र बोर्ड पनि यसबारे जानकार छ, तर बोर्डले न बिचौलियालाई रोक्न सकेको छ, न कम्पनीलाई नै शेयर बिक्री गर्न दिएर सहज बनाएको छ । कम्पनीलाई सहज रुपमा शेयर बिक्री गर्न अनुमति दिए यी सबै समस्या हल हुन्छन् ।’

अर्का एक उर्जा प्रवद्र्धक पनि अहिले प्रमोटर शेयर बिक्री गरिरहेका छन् । तर धितोपत्र बोर्डको कारवाहीमा परिएला भनेर कम्पनीको वेबसाइटमा तथा पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरेका छैनन् । एउटा सूचना प्रकाशन गर्न पाउने हो भने केही दिनमै आवश्यक रकम उठिसक्ने उनको भनाई छ । तर बोर्डले कारवाही गर्न सक्ने भएकोले उनले त्यसो गरेका छैनन् ।

उनी पनि कम्पनीमार्फत नै प्रमोटर शेयर बिक्री गर्न दिनुपर्ने बताउछन् । कम्पनीले आफैँ शेयर बिक्री गर्दा अधिकारिक रुपमा कम्पनीको खातामा नै पैसा आउने, लगानीकर्ताले कम्पनीको बारेमा यथार्थ जानकारी पाउने, कम्पनीले सम्भावित जोखिम र लाभबारे बुझाउन सक्ने, केहि कागजात अपुग भएमा कम्पनीले सम्पर्क गरेर लिन सक्ने भएकोले कम्पनीलाई नै प्रमोटर शेयर बिक्री गर्नको लागि सहजीकरण गरिदिनुपर्ने उनको भनाई छ ।

धितोपत्र बोर्ड र शेयरबजारका अन्य निकायले लगानीकर्तालाई वित्तीय साक्षरता मार्फत प्रमोटर शेयर र त्यसको सम्भावित लाभ तथा जोखिमबारे बुझाउनु पर्ने उनको भनाई छ । लगानीकर्तालाई जोखिमबारे बुझाएपछि प्रमोटर शेयरको बिक्री सहज रुपमा खुला हुनु पर्ने उनी बताउछन् । यसो हुँदा जोखिम बहन गर्न सक्नेले मात्र शेयर खरिद गर्ने उनको भनाई छ।

के छ नियम ?

‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा २७ मा  संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । यसअघि केही हाइड्रोले प्रमोटर शेयर खरिद गर्नको लागि सूचना नै प्रकाशन गरेका थिए । तर यहीँ व्यवस्थालाई देखाएर धितोपत्र बोर्डले यसअघि पटक पटक बोर्डमा दर्ता नभएका कम्पनीको शेयर खरिद नगर्न भन्दै लगानीकर्तालाइ सचेत गराएको थियो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img