Tuesday, August 25, 2026
spot_img
spot_img

हिमालयन ब्रोकरेज र आईटिसि व्युटि पार्लरबीच सम्झौता, दुबैका ग्राहकले छुट पाउने

spot_img

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर/ब्लोशम व्युटि क्लिनिकबीच सम्झौता भएको छ। सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक  रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बाट सेवा लिदैँ आएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशत सम्म छुट दिईने सहायक महाप्रवन्धक रामचन्द्र रिमालले जानकारी दिए । साथै हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई व्युटि सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशत सम्म छुट सहित सेवा दिईने संस्थापक शोभा अर्यालले जानकारी दिईन् ।

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले २०८०/०२/०९ गते नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको अनुमती लिई २०८०/०२/२८ गतेबाट का.म.न.पा वडा नं. २९, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स काठमाण्डौंबाट ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ।

साथै आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) ले काठमाण्डौंमा का.म.न.पा वडा नं. ३०, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स, काठमाण्डौं लगायत चितवनमा भरतपुर पुल्चोक मैयादेबी, बुटवलमा ट्राफिक चोक, दाङमा घोराही शहिदगेड, पोखरामा न्युरोड र ईटहरीमा ईटहरी चोकमा शाखा कार्यालय खोली सेवा दिँदै आइरहेको छ।

हिमालयन ब्रोकरेज कम्पनीले शेयर सँग सम्बन्धित सेवाको पँहुज विस्तार गरि गाउँगाउँमा सेवा दिने उद्देश्य अनुरुप डिम्याट खाता खोली विभिन्न कम्पनीहरुले जारी गरेको आइपिओमा सिमित लगानी गरि प्रतिफल लिन सहज हुने भएकोले सो सम्बन्धि कार्यक्रम संचालन गरि सेवा विस्तार गर्ने लक्ष्य अनुरुप र दुई संस्थाबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको बताईएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img