Thursday, March 20, 2025
spot_img
spot_img

हिमालयन ब्रोकरेज र आईटिसि व्युटि पार्लरबीच सम्झौता, दुबैका ग्राहकले छुट पाउने

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर/ब्लोशम व्युटि क्लिनिकबीच सम्झौता भएको छ। सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक  रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बाट सेवा लिदैँ आएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशत सम्म छुट दिईने सहायक महाप्रवन्धक रामचन्द्र रिमालले जानकारी दिए । साथै हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई व्युटि सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशत सम्म छुट सहित सेवा दिईने संस्थापक शोभा अर्यालले जानकारी दिईन् ।

हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले २०८०/०२/०९ गते नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको अनुमती लिई २०८०/०२/२८ गतेबाट का.म.न.पा वडा नं. २९, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स काठमाण्डौंबाट ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ।

साथै आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) ले काठमाण्डौंमा का.म.न.पा वडा नं. ३०, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स, काठमाण्डौं लगायत चितवनमा भरतपुर पुल्चोक मैयादेबी, बुटवलमा ट्राफिक चोक, दाङमा घोराही शहिदगेड, पोखरामा न्युरोड र ईटहरीमा ईटहरी चोकमा शाखा कार्यालय खोली सेवा दिँदै आइरहेको छ।

हिमालयन ब्रोकरेज कम्पनीले शेयर सँग सम्बन्धित सेवाको पँहुज विस्तार गरि गाउँगाउँमा सेवा दिने उद्देश्य अनुरुप डिम्याट खाता खोली विभिन्न कम्पनीहरुले जारी गरेको आइपिओमा सिमित लगानी गरि प्रतिफल लिन सहज हुने भएकोले सो सम्बन्धि कार्यक्रम संचालन गरि सेवा विस्तार गर्ने लक्ष्य अनुरुप र दुई संस्थाबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img