आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै थप ४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, सौर्य कृषि कम्पनी लिमिटेड, नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड र टिम भेन्चर्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग बोर्डमा आवेदन दिएका हुन् ।
बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित २८ लाख ३५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
सौर्य कृषि कम्पनी लिमिटेडले भदौ १८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित २० लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले भदौ ४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
टिम भेन्चर्स लिमिटेडले साउन २२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित २५ लाख १८ हजार २ सय ८७ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।









