Saturday, September 12, 2026
spot_img

रिम्समा मोतीजयन्ती कविता लेखन प्रतियोगिताको १९ औँ श्रृङ्खला सम्पन्न

spot_img

आदिकवि भानुभक्त आचार्यका समकालीन तथा युवा पुस्तामा साहित्यिक चेतना जगाउने साहित्यकार मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा रिडर्स इन्टरनेशनल मोडेल स्कुलले बृहत् आशु कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयमा आयोजित प्रतियोगितामा विभिन्न २६ विद्यालयका २९ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका सिर्जन गौतम प्रथम, साँग्रिला पब्लिक स्कुलका सन्तोष विक दोस्रो र रिपुमर्दिनी सैनिक विद्यालयका सन्तोष कोइराला तेस्रो भएका छन् । त्यसैगरी प्रोत्साहनतर्फ बाल संसार स्कुलकी आयुष्का रिजाल र सुनौलो भविष्य स्कुलकी सृष्टि बुढाथोकी पनि पुरस्कृत भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः ५ हजार, ३ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रोत्साहन पुरस्कार प्राप्त दुवै विद्यार्थीलाई जनही १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, आन्तरिकतर्फ रिडर्स इन्टरनेशनल मोडेल स्कुलकी रोजिना मोक्तान उत्कृष्ट घोषित हुँदै १ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

रिडर्स इन्टरनेशनल मोडेल स्कुलले विगत १९ वर्षदेखि निरन्तर रूपमा आशु कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पूर्वतयारीस्वरूप कवि रूपक अलङ्कार तथा देवु लुइँटेलले सहभागी विद्यार्थीहरूलाई कविता लेखन तथा वाचनसम्बन्धी प्रशिक्षणसमेत दिएका थिए ।

साहित्यकार रमेश शुभेच्छुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोविन्द घिमिरे ‘वेदमणि’, बाजुरामप्रसाद पौडेल, साधना खतिवडा, राजकुमार श्रेष्ठ, कुमार अधिकारी, गणेश खतिवडा, यादव घिमिरे, थानेश्वर भुसाल र गुरुप्रसाद लुइँटेललगायतको आतिथ्य रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्रकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल बालमुकुन्द कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रामकुमार भट्टराईले गरेका थिए ।

प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक क्षमता, साहित्यप्रतिको रुची तथा तत्कालै विषयलाई कविताका रूपमा अभिव्यक्त गर्ने सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

आधा घण्टाका लागि भनेर ४ उद्योगीलाई बोलाएका प्रधानमन्त्रीले २ घण्टा बिताए, के भयो छलफल ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका पाँच जना प्रतिष्ठित उद्योगपतिलाई...

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० को कार्यवाहक...

अर्थतन्त्र सुधारको लागि ५ वटा प्याकेज ल्याउँदै सरकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा...

भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर...

असोज १ देखि काठमाडौंमा नवौँ ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुँदै

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...