Saturday, September 12, 2026
spot_img

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

spot_img

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ।

निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। मिति २०८३ भाद्र २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्वलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय गरेको हो।

महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत रहेका उपाध्याय नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि क्रियाशील एक अनुभवी व्यवसायी, कुशल रणनीतिकार तथा संस्थागत विकासका अभियन्ताका रूपमा परिचित छन्। उनले सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको विकास र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको नेतृत्वदायी भूमिकामा रही उनले हासिल गरेको लामो अनुभव र दक्षताले सिबिफिनको आगामी यात्रालाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको सिबिफिनले जनाएको छ।

वर्तमान विषम् आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरूको समाधानका लागि उनले अनुभवी, समन्वयकारी र दूरदर्शी नेतृत्वमा सिबिफिनले आफ्ना उद्देश्य, नीतिगत प्राथमिकता र भूमिकालाई अझ प्रभावकारी बनाउँदै बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता अभिवृद्धि र दिगो विकासमा नयाँ आयाम थप्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

आधा घण्टाका लागि भनेर ४ उद्योगीलाई बोलाएका प्रधानमन्त्रीले २ घण्टा बिताए, के भयो छलफल ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका पाँच जना प्रतिष्ठित उद्योगपतिलाई...

अर्थतन्त्र सुधारको लागि ५ वटा प्याकेज ल्याउँदै सरकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा...

भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर...

असोज १ देखि काठमाडौंमा नवौँ ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुँदै

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...

आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

आइ सि एफ सि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको...