Saturday, September 12, 2026
spot_img

धमाधम बाहिरिंदै ENL का ठूला शेयरधनी, साढे २ लाख कित्ता बेच्दै जीवनाथ लामिछाने

spot_img

इमर्जिङ नेपाल लिमिटेडका केही ठूला शेयरधनी धमाधम शेयर बेचेर बाहिरिन थालेका छन् । कम्पनीको शेयरको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो। तर आईजीन विवादका कारण लकइन अवधि सकिएपनि संस्थापक शेयरधनीले शेयर बेच्न पाएका थिएनन् ।

अब भने एकल आईजीन नै कायम हुने गरि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले निर्णय गरेर कम्पनीलाई पत्राचार गरेसंगै आधारभुत शेयरधनीलाई शेयर बिक्री गर्ने बाटो खुलेको हो। धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार कम्पनीका ठूला शेयरधनीले धमाधम शेयर बिक्री गर्न लागेको जानकारी नेप्सेमा गराउन थालेका छन् ।

आज मात्रै जीव नाथ लामिछानेले २ लाख ५० हजार २० कित्ता शेयर बेच्ने जानकारी नेप्सेमा गराएका छन् । विशाल अग्रवालले ५६ हजार ६ सय ७१ कित्ता शेयर बिक्री गर्न लागेको जानकारी आजै नेप्सेमा दिएका छन् ।

यस अघि रिजेन्सी ट्रेडिङ प्रालिले १ लाख कित्ता, विशाल अग्रवालले १ लाख ६७ हजार २ सय ३५ कित्ता, जगदीश प्रसाद अग्रवालले ६९ हजार ४ सय ५० कित्ता, निकुन्ज अग्रवालले १ लाख ६६ हजार ६ सय ८० कित्ता, अनुज अग्रवालले ९१ हजार ६ सय ७४ कित्ता र युनाईटेड डिस्ट्रीब्युटर्सले २ लाख ६२ हजार ५ सय कित्ता शेयर बेच्न लागेको जानकारी नेप्सेमा दिइसकेका छन् ।

कम्पनीको सबैभन्दा ठूलो शेयरधनी चन्द्र ढकाल हुन् । उनीसँग कम्पनीको १३.५० प्रतिशत अर्थात् ७ लकः ५० हजार ६० कित्ता शेयर छ ।

लकइन अवधि खुलेर आईजीन विवाद समाधान भएपछि कम्पनीका ठूला शेयरधनीले शेयर बिक्री तिब्र बनाएका हुन् । कम्पनीका प्रमोटरहरुले शेयर बिक्री गर्न थालेपछि कम्पनीको शेयर मूल्य पछिल्लो केही दिनदेखि नकारात्मक सर्किट लागिरहेको छ ।

धितोपत्र बोर्डले आधारभूत शेयरधनीलाई आफुसँग भएको मध्ये ५ प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भए नेप्से मार्फत जानकारी गराउन भनेको छ । तर यदि कसैले आफुसँग भएको मध्ये ४.९९ प्रतिशत शेयर मात्र बेच्ने हो भने जानकारी गराउनु पर्ने छैन । यसो हुँदा कतिपय ठूला लगानीकर्ताले ४.९९ प्रतिशत मात्र शेयर बिक्री गरेको आँकलन गरिएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

आधा घण्टाका लागि भनेर ४ उद्योगीलाई बोलाएका प्रधानमन्त्रीले २ घण्टा बिताए, के भयो छलफल ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका पाँच जना प्रतिष्ठित उद्योगपतिलाई...

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० को कार्यवाहक...

अर्थतन्त्र सुधारको लागि ५ वटा प्याकेज ल्याउँदै सरकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा...

भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर...

असोज १ देखि काठमाडौंमा नवौँ ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुँदै

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ...