Monday, August 10, 2026
spot_img

स्थानीयलाई स्नो रिभर्सको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए ९७० कित्तासम्म शेयर

spot_img

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले चैत्र ९ गतेदेखि चैत्र २९ गतेसम्म आयोजना प्रभावित ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले स्थानीयलाई ९ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

आईपीओ बाँडफाँड हुँदा अति प्रभाविततर्फका स्थानीयले अधिकतम ९७० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा ९३० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १००० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ९६० कित्ता शेयर पाएका छन् । ति मध्येबाट २१० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै प्रभावित समूहतर्फ भने लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा १७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १८० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान १७० कित्ता शेयर पाएका छन् । ति मध्येबाट ११६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।  अब कम्पनीले आम लगानीकर्तालाई शेयर निष्काशन गर्ने छ। 

यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।   

यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् ।  कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तरा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्। 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...

अब शेयरबजारमा ७ प्रकारका लगानीकर्ता, आईपीओ बाँडफाँड प्रणालीसँग जोड्ने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गीकरणको प्रस्ताव गरेको छ। आधुनिक...

देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, ग्राहकले पाउनेछन् यस्ता सुविधा

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक तथा सेवा प्रदायक...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले बोलायो एजीएम, २.५ प्रतिशत बोनस शेयर प्रस्ताव

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ लाभांश पाउने

शिवम् सिमेन्टले शिवम् होल्डिंङ्सबाट ९ करोड ८६ लाख रुपैयाँ...
spot_img